क्यान इन्फोटेकमा राजस्व अनियमितता

बिराटनगर, पुस २७
विराटनगरस्थित जैन भवनमा सञ्चालन भएको सुबिसु क्यान इन्फोटेक २०१९ मा इन्फोटेक कम्पनीहरुको छुट, अफर र अन्य इलेक्ट्रोनिक वस्तुको बिक्रीवितरण मेलाका नाममा सञ्चालित स्टलहरुबाट व्यापक राजस्व अनियमितता भएको पाइएको छ ।क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा पुसको १९ गते बिहीबारदेखि जारी इन्फोटेक मेलामा व्यापक सहभागिता देखिएको थियो । पाँच दिनसम्म सञ्चालन भएको मेलामा विद्यार्थीहरुको नाममा कम्पनीहरुले विभिन्न अफरहरु दिइरहेका थिए । शनिबार कम्पनीहरुले आफ्ना उत्पादनहरुमा ५० प्रतिशतभन्दा बढी छुट पनि दिएका देखिन्थे । छुटका नाममा मेलामा सञ्चालित विभिन्न स्टलहरुले सरकारलाई बुझाउनुपर्ने मु.अ.करमा समेत व्यापक अनिमितता भएको उजुरीपश्चात् आन्तरिक राजस्व कार्यालयबाट अनुगमनसमेत भएको तथ्य खुल्न पुगेको छ । समाचारस्रोतका अनुसार इलेक्ट्रोनिकका महँगा वस्तुमा विभिन्न स्टलहरुबाट ल्यापटप, कम्प्युटर, एन्टिभाइरस, प्रिन्टर तथा सीसीटीभीलगायतका उत्पादनमा कम्पनीहरुले आकर्षक छुटका नाममा अकल्पनीय मु.अ.करको छली भएको दाबी गरिएको छ ।

क्यान मोरङका अध्यक्ष राजेन्द्र प्रसाद यादव आफैँ विराटनगरमा कम्प्युटरका व्यवसायी भएको कारण क्यान मेलामा भएको बिक्रीलाई कसरी डाकछोप गर्ने योजनामा सक्रिय भएपछि क्यान मेलाको रहस्य खुलेको स्रोतले गरेको छ । जसले गर्दा क्यान महासंघ मोरङका अध्यक्ष यादव पनि विवादमा तानिएका छन् । उक्त मेलामा सेक्युरिटी डिभाइसको कारोबारमा मेला आयोकले राम्रै उपलब्धि हासिल गरेको तथ्य पनि उजागर भएको छ । आयोजक क्यान इन्फोटेकले मेलामा विभिन्न उत्पादनहरु सार्वजनिकसमेत गरेको छ । विन्डोज वान बोर्ड अफिस, योगा बुक र केही अत्याधुनिक सीसीटीभी क्यामेराहरु इन्फोटेकमा नयाँ उत्पादनका रुपमा रहेका थिए । केही सफ्टवेयर कम्पनीले नयाँ भर्सनका प्रडक्टहरु पनि सार्वजनिक गरेको पाइएको थियो । पाइन ओभरसिज, नेटवर्क सोलुसन, एलिना इन्फोटेक, चन्द्रसफ्ट, सिपी प्लसलगायतका स्टलहरुबाट व्यापक सरकारको राजस्वमाथि खेलवाट भएको आशंका आन्तरिक राजस्व कार्यालय स्रोतले गरेको छ । सयभन्दा बढी स्टलहरुमा मेलाको अन्तिम दिन विभिन्न आकर्षक अफर र छुटहरु गरिएको थियो । इन्फोटेक मेलामा एक्जिविसनबाहेक अन्य थुप्रै आकर्षणहरु रहेका थिए । कसमस ग्रुप र डिस्ट्रक्सन समूहबीच रोबोवार फाइनलको समेत आयोकले आयोजना गरेका थिए । रोबोवारमा १५ बढी समूहहरुको सहभागिता रहेका थियो । यसैगरी मेलामा ह्याकाथन पनि सञ्चालन भएको थियो ।

यो समाचार  आर्थिक राष्ट्रिय दैनिक बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links