लमजुङमा सात महिनामा साढे ४२ लाख राजस्व संकलन

सुन्दरबजार नगरपालिकाले चालू आवको सात महिनामा साढे ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको तुलनामा यो वर्ष झन्डै १६ लाख बढी राजस्व संकलन भएको हो ।  चालू आवको माघसम्म ४२ लाख ५३ हजार ९ सय ४० रुपैयाँ राजस्व संकलन गरिएको सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए । यो वर्ष नगरपालिकाले आशाअनुरूप राजस्व संकलन गरेको नगरपालिकाका मेयर जनकराज मिश्रले बताए । 

नगरपालिकाले एकीकृत सम्पत्ति कर र विविध नगदी संकलन शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । एकीकृत सम्पत्ति करबाट २३ लाख ७६ हजार तीन सय ५३ र अन्य विभिन्न शीर्षकमा १८ लाख ७७ हजार ५ सय ८३ रुपैयाँ संकलन भएको हो । चालू आवमा नगरपालिकाले ७१ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत वर्षभन्दा यो लक्ष्य आठ लाख ४० हजारले बढी हो ।

यो समाचार  नया पत्रिका दैनिक  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links