साढे पाँच महिनाको अवधिमा करिव डेढ अर्ब रुपैयाँ राजस्व

काठमाडौं । अध्यागमन विभागले साढे पाँच महिनाको अवधिमा करिव डेढ अर्ब रुपैयाँ राजस्व उठाएको छ । विभाग र मातहतका कार्यालयहरुले गत साउन १ देखि पुस १५ गतेसम्म कुल १ अर्ब ३० करोड ७० लाख ४१ हजार १ सय २० रुपैयाँ राजस्व उठाएको हो । 

 

अध्यागमन विभागद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ३ सय ५८ जना विदेशी नागरिक नेपाल भित्रिएका थिए । सोही अवधिमा ११ लाख ८० हजार २ सय ५९ जना पर्यटक नेपालबाट बाहिरिएका थिए । 
 

सन् २०१८ मा विदेश गएकामध्ये १२ लाख ६२ हजार ५ सय ९५ नेपाली स्वदेश फर्केको देखिन्छ भने सोही अवधिमा १२ लाख ६९ हजार ७ सय २५ नेपाली देश छोडेर विदेश गएका थिए । विभागको तथ्याङ्कले देश भित्रने नेपाली भन्दा देश छोडी विदेश जाने नेपालीको संख्या बढी रहेको देखाएको छ । 

 

“२०७५ साउन देखि हालसम्म विभिन्न कसुरमा अनुसन्धान भई सजाए पाएका ८४ जना विदेशी नागरिकहरुलाई अध्यागमन ऐन अनुसार तोकिएको अवधिसम्म नेपाल गर्न नपाउने गरी निष्कासन गरिएको छ,” विभागको विज्ञप्तिमा जनाइएको छ । 

यो समाचार  बाह्रखरी डटकम बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन ।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links