राजस्व संकलन - तत्कालका लागि सरकार 'कम्फर्ट जोन'मा


काठमाडौं-  तीन साता लामो निशेधाज्ञाको बीच पनि सरकारले भदौ २५ गतेसम्ममा सरकारको अपेक्षाअनुसार नै राजस्व संकलन भएको छ। आन्तरिक राजस्व र भन्सार दुवैतर्फ 'सन्तोषजनक' रूपमा राजस्व संकलन भएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। 
अर्थ मन्त्रालयका अनुसार २५ गतेसम्ममा १७ अर्ब रूपैयाँ आन्तरिक राजस्वतर्फ प्राप्त भएको छ। यसैगरी भन्सारतर्तफ १९ अर्ब रूपैयाँभन्दा धेरै राजस्व संकलन भएको छ।
लक्ष्यअनुसार राजस्व संकलन नभए पनि यो अवस्थालाई सन्तोषजनक मान्नुपर्ने अर्थका अधिकारीहरू नै बताउँछन्। अहिले ठूलो खर्चको दबाब नभएकाले तत्कालका लागि ट्रेजरी बचतमा राख्न यो रकम पर्याप्त हुने उनीहरूको भनाइ छ।

संघीय सरकारबाट अहिलेसम्म सशर्त र वित्तीय समानीकरण अनुदानको रकम स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गरेको छैन। जसका कारण अहिले ट्रेजरीमा पर्याप्त पैसा छ। 

'व्यवसायिक गतिविधि कमजोर भएका राजस्व संकलन स्वभाविकरूपमा प्रभावित भएको छ, तर अहिले जुन रकम प्राप्त भएको त्यसले हामीलाई कम्फर्ट जोनमा राखेको छ,' अर्थ मन्त्रालयका एक सहसचिवले भने। 

(यो समाचार  नेपाललाइभ २६ भाद्र २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links