मरिच आयातमा प्रतिवन्ध खुकुलो,छोकडा, केराउ र मदिरामा प्रतिबन्ध कायमै

५ असार, काठमाडौं । सरकारले मरिच आयातमा लागाएको प्रतिबन्ध शसर्त खुकुलो गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद बैठकले औद्योगिक प्रयोजनका लागि मरिच आयात गर्न दिने निर्णय गरेको हो ।

गत चैत २४ गते सरकारले राजपत्रमा सूचना निकालेर सबै प्रकारको मरिचको आयात रोक्ने निर्णय गरेको थियो । कोरोनाका कारण अर्थतन्त्रमा असर पर्ने भन्दै सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयातमा सरकारले रोक लगाएको थियो ।

तर, मरिचमा प्रतिबन्ध लगाउँदा केही उद्योगहरु प्रभावित भएको गुनासोपछि उद्योग मन्त्रालयको सिफरिसमा मरिचको आयात फुकुवा गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकपटकमा एक हजार पाँच टन मात्रै मरिच उद्योग विभागको सिफारिसमा आयात गर्न पाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ को उपदफा २ बमोजिम २०७६ चैत २४ गतेको राजपत्रमा मरिच, केराउ, छोकडा, मदिरालगायत वस्तुहरुको आयात प्रतिबन्ध लगाएको सूचना प्रकाशित गरेको थियो। अर्थमन्त्री खतिवडाका अनुसार राजपत्रमा औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रुपमा मरिच आयात खुलाउने प्रतिबन्धात्मक वाक्यांश थप भएको बताए। 

‘औद्योगिक कच्चा पदार्थको रुपमा आवस्यक पर्ने मरिच सम्बन्धित उद्योगको क्षमता र खपतका आधारमा उद्योग विभागले प्रमाणित गरेको परिमाण बराबर उद्योग आफैले आयात गर्न सक्नेछ,’ खतिवडाले सरकारको निर्णय सुनाउँदै भने, ‘तर छोकडा, केराउ र मदिरालगायत वस्तुको आयातमा भने प्रतिबन्ध कायम नै रहेको छ।' 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links