सरकारसँग नाडाको अपिलः कर रकम बुझाउने समय अशोज मसान्तसम्म थप गरियोस्

काठमाडौं– आन्तरिक राजश्व विभागले सार्वजनिक सूचना जारी गर्दे उद्यमी एवं व्यवसायीहरुलाई कर विवरण तथा कर बुझाउन अनुरोध गरेकोे सम्बन्धमा नाडाले आफ्नो विशेष ध्यानाकर्षण भएको जनाएको छ ।
नाडाले एक विज्ञप्ती जारी गर्दै समग्र अटोमोवाइल व्यवसायीहरुले जायज र न्यायोचित मागलाई सम्बोधन गर्नेगरी आयकर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद यही २०७७ साल अशोज मसान्तसम्म थपगरी सवै अटोमोवाइल व्यवसायीहरुको मनोबल उच्च राख्न उपयुक्त व्यावसायिक वातावरण निर्माणका लागि सरकारसँग अपिल गरेको छ ।
देशको यस्तो जटिल अवस्थामा अटोमोवाइल व्यवसायमा संलग्न देशका सवै व्यवसायीहरुले समेत यसको विरोध जनाइरहेका छन् । व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठीन भएको मौखिक रुपमा जानकारी दिँदै असमर्थता व्यक्त गर्दे आएका छन् । 
विश्वव्यापी रुपमा बढदो कोरोना भाइरस संक्रमणको सन्दर्भमा आम जनताको स्वास्थ्य रक्षाको लागि नेपाल सरकारले पनि २०७६ साल चैत्र ११ गते देखि देशव्यापी रुपमा लागु हुनेगरी लकडाउन घोषणा गरेको र यो २०७७ साल जेठ ३२ गतेसम्म विस्तार गरेको छ । यो अवस्थामा सवै किसिमका आर्थिक कारोबार मात्र थप्प नभई उत्पादन र वितरण लगायत सम्पूर्ण आपूर्ति प्रणाली नै बन्द प्राय रहेको अवस्थामा यसरी समय तोक्नाले सम्पूर्ण व्यवसायी मारमा परेको नाडाले जनाएको छ । 

(यो समाचार  रातोपाटी मा , २२ जेष्ठ २०७७ प्रकाशित लेख बाट  साभार  गरिएको  हो  । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links