उद्याेगीलाई अर्थमन्त्रीको आग्रहः कर जनताले तिरेका हुन् त्यसैमा धेरै गौरव नगरौ

अर्थमन्त्री डा युवराज खतिवडाले व्यापारीहरुलाई कर तिरेका छौं भन्दा सर्वसाधारणभन्दा फरक भुमिका नखोज्न आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा बोल्दै खतिवडाले कर जनताले तिर्ने र व्यापारीले त्यसको मध्यस्थततामात्र गर्ने भएकोले त्यही कुरालाई धेरै नभजाउन आग्रह गरेका हुन्।

व्यापारीहरुले कर सम्बन्धी सोधेका धेरै प्रश्नको उक्त दिनेक्रममा खतिवडाले कानूनअनुसार सबैले कर तिर्नुपर्ने जनताले तिरेको करको दुरुपयोग एक रुपैयाँ भएपनि नछोडिने प्रष्ट पारे।

‘यहाँ धेरै व्यवसायी साथीहरुले कर तिरेकोमा गर्व गर्नुभयो त्यसको लागि ठिकै छ, करको दायरामा आएकोमा सबैलाई धन्यवाद दिन चाहन्छौं तर त्यो कर जनताले तिरेका हुन् हामी मध्यस्थकर्तामात्र हौ भन्ने कुरा पनि बिर्सन भएन, त्यसरी कर तिरेको जनतालाई सामाजिक सुरक्षा प्रदान गरिनुपर्छ भन्ने कुरामा तपाइहरुले आपत्ती पनि जनाउन भएन’ उनले भने,‘व्यवसाय गर्दा तपाईहरुको अन्वेषन तथा जोखि मोल्ने कामलाई हामी सम्मान गर्छौ तर कर तिर्ने जनतालाई जसरी पनि सामाजिक सुरक्षा दिनैपर्छ भन्नेतर्फ पनि तपाइहरुले सोच्नप¥यो।’

देशभित्र उत्पादकत्व बढाउनका लागि सरकारले नीति नियम तथा कानूनमा आवस्यक संसोधन, निर्माणका काम गरिरहेको र ति नीतिनियममा आधारित भएर सबैले देशभित्र स्वच्छ व्यवसाय गर्नुपर्ने उनको धारणा थियो।

औद्योगिक व्यवसाय ऐनबाट कर्पोरेट आयकर सामन्यलाई २५ प्रतिशत र उत्पादनमुलक उद्योगलाई २० प्रतिशत कायम गरिएको यो भन्दा तलमाथि नहुने उनले प्रष्ट पारे। त्यस्तै सार्वजनिक खरिद ऐनको संसोधनमार्फत् स्वदेशी वस्तुको अनिवार्य प्रयोगलाई बढाउनका लागि विशेष व्यवस्था गरिएको संसदका ऐन पारित भएपछि त्यसको लाभ व्यवसायीले लिने उनको भनाइ छ।

अहिले धेरै ठाउँमा उद्योग दर्ताको झन्जट तथा अन्यौल रहेको भन्ने व्यवासयीको प्रश्नमा खतिवडाले औद्योगिक व्यवसाय ऐन पारित भएपछि यी सबै समस्या समाधान भएर जाने बताए।

देशभित्र व्यवसायीहरुबीच नै मत बाझिएकाले सरकारले सबैका माग सुन्ने तर कार्यान्वयका लागि असहज भएको उनको भनाइ थियो।

‘एउटा पक्ष आएर ब्याज बढ्यो भन्नुहुन्छ, अर्को आएर हस्तक्षेप मान्य हुँदैन भन्छ, एउटा आएर चोरी पैठारीको आयातले खत्तम पा¥यो भन्छ, अर्को आएर राजस्वले समात्यो भन्छ हामीले कसको कुरा सु्न्ने तपाईहरुबीचमा एकमत बनाएर हामीसँग आउनुहोस अनि छलफल गरौला’ उनले उक्त अवसरमा भने।

सरकार व्यापारलाई प्रोत्सहान दिएर स्वदेशी उद्योगलाई मार्ने पक्षमा नरहेपनि कच्चा पर्दा र तयारी वस्तु्बीचको भन्सारदरमा दुई तहमा अन्तर नहुने उनले बताए।

यो समाचार  सेतोपाटी डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links