जग्गाको रजिष्ट्रेशन शुल्क बढाईने, नगरपालिका भित्रका जग्गाको न्युनतम मूल्य निर्धाण


काठमाडौं । सरकारले जग्गाको रजिष्ट्रेशन दस्तुर बढाउने भएको छ । हाल जग्गा खरिदबिक्री गर्दा रजिष्ट्रेशन शुल्क बापत साढे ४ प्रतिशत कर तिर्दे आएकोमा आगामी दिनमा त्यसलाई बढाएर ७ प्रतिशत पुर्याउन लागिएको हो । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत जग्गा खरिदबिक्री बापतको दस्तुर बढाउने तयारी गरेको हो । हाल पुरुषले जग्गा खरिद गर्दा साढे ४ प्रतिशत र महिलाको नाममा खरिद गर्दा त्यसमा ३० प्रतिशत छुट दिईदै आएको छ । यसैगरी सरकारले नगरपालिकाभित्र जग्गाको पनि न्युनतम मूल्य निर्धारण गर्ने भएको छ । मुलुक संघीयतामा गएसँगै देशका धेरैजसो स्थान नगरपालिका बनेकाले अब नगरपालिका भित्र रहेको जग्गाको पनि न्युनतम मूल्य कामय गर्न लागेको हो । जसअनुसार सरकारले नगरपालिका भित्र रहेका जग्गाको प्रतिरोपनी मूल्य न्युनतम १ लाख रुपैयाँ तोक्ने भएको छ । यसैगरी सरकारले जग्गाको पनि बर्गीकरण गर्ने भएको छ । सरकारले खेतीयोग्य जमिनलाई प्लटिङ वा उत्खनन् गर्न रोक्नदै जग्गाको बर्गीकरण गर्न लागेको हो । जग्गाको खण्डिकरण रोक्नलाई सरकारले यस अघि नै कित्ताकाटमा रोक लगाईसकेको छ । अबका दिनमा सरकारले कुनै पनि जग्गा बर्षको १ वा २ पटकभन्दा बढि खरिदबिक्री गर्न नपाउने व्यवस्था समेत बजेट मार्फत गर्ने भएको छ ।

यो समाचार  बिजखबर डट कम बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links