प्रदेश नं. २ मा उद्योग खोल्दा कर छुटको निर्णय उद्योग परिसंघद्वारा स्वागत

काठमाडौं, (नेस)
प्रदेश नं. २ मा उद्योग खोलेमा २० वर्षसम्म सबै कर छुट दिने प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । प्रदेश नं. २ को समृद्धिका लागि लगानी विस्तार गर्ने उद्देश्यले उक्त प्रदेश सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारबाट यो कदमलाई तदारुकता साथ विद्यमान ऐन कानुनमा आवश्यक परिमार्जन, संशोधन, पुनर्लेखन गरी उद्योग र लगानीमैत्री वातावरण तयार गर्न समेत परिसंघले आह्वान गरेको छ ।

साथै उद्योगमैत्री वातावरण, भूमि बैंकको व्यवस्था गरी उद्योगलाई चाहिने जग्गा सहज रुपमा उपलब्ध गराइदिने, ३ घण्टामै उद्योग दर्ताको काम सम्पन्न गर्ने र उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्ने निर्णय र सोको व्यवस्था अन्य प्रदेशहरुको लागि समेत अनुकरणीय भएको परिसंघको ठहर छ ।

गत हप्ता जनकपुरमा परिसंघ तथा प्रदेश सरकारको संयुक्त आयोजनामा ‘प्रदेश नं. २ को समृद्धिको मार्गचित्र’ विषयमा व्यापक छलफल तथा अन्तत्र्रिmयाको आयोजना गरेको थियो । सो अन्तरक्रिया कार्यक्रममा उद्योग र कृषि बीचको अन्तर सम्बन्धलाई प्रदेश सरकारबाट जोड दिइ लगानीमैत्री वातावरण तयार गरिनुपर्ने कुरामा जोड दिइएको थियो ।

यो समाचार  न्युज अफ नेपाल डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links