कर तिर्ने सहमतिपछि पोखरामा नियमित उड्ने भए प्याराग्लाडिङ

पोखरा । प्याराग्लाइडिङ कम्पनीहरुले स्थानिय निकायलाई ४ बर्षको कर एकै पटक तिर्न सहमति गरेपछि पोखराको प्याराग्लाइडिङ उडानले निरन्तरता पाउने भएको छ।

पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था ना, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ्ग संघ (नेफा) को संयुक्त वार्ता एवं छलफल सफल भएको छ। छलफलमा एक हप्ता भित्र २०७२/७३ देखि हालसम्म ४ बर्षको कर स्थानीय निकायलाई तिर्ने सहमति भएपछि प्याराग्लाइडिङको उडानमा कुनै अवरोध नआउने भएको हो।

आजै मात्र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले प्याराग्लाइडिङ कम्पनीहरुले  २०७१ सालदेखि स्थानीय निकायलाई तोकिएको राजश्व नतिरेको भन्दै ति कम्पनीहरुलाई बुधबारदेखि  उडान गर्न नदिने  पोखरा महानगरका मेयर मान वहादुर जिसीले चेतावनी दिएका थिए।

मेयरको चेतावनीपछि अतालिएका प्याराग्लाइडिङ कम्पनीहरुले मंगलबार साँझ नै एक साताभित्रमा कर तिर्ने सहमती जनाएका हुन्। अब प्याराग्लाइडिङ कम्पनीहरुले २०७२/७३ र २०७३/७४ को बार्षिक ५ हजार ५ सय २०७४/७५ को ५० हजार र आर्थिक बर्ष २०७५/७६ को २५ हजार गरी उक्त रकम तिर्न सहमति जनाएका हुन्।

एकल उडान बन्द 

चार दिनयता पोखरामा प्याराग्लाइडर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान बन्द गरेको छ। 

विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को क्षेत्रमा गएर उडान गर्न थालेपछि दुर्घटना बढेको जनाउँदै आज अर्को सूचना जारी नहुँदा सम्मका लागि उडान बन्द गरेको कार्यालयले जनाएको छ । यस साता मात्रै लगातार तीन दिन प्याराग्लाइडर दुर्घटनामा परेको छ।

दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  प्राधिकरणका पोखराका प्रमुख भोलाप्रसाद गुरागाईँले पछिल्लो दश दिनमा दुई सयभन्दा बढी सोलो पाइलटले अनुमति लिए पनि हाल सबैको अनुमति रद्द गरिएको बताए। विदेशी नागरिकले गैरव्यावसायिक उडानका लागि १५ दिनको अनुमति पाउँछन्। 

यो समाचार  डिसी नेपाल डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links