आन्तरिक राजस्व बिभागको सूचना



नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५।०४।१८ को निर्णयानुसार यस विभाग अन्तर्गतका कार्यक्षेत्र हेरफर भएका र नयाँ स्थापना भएका कार्यालयहरु यही २०७५।०५।०१ देखि सञ्चालनमा आउने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ । साथै यस सम्बन्धी विस्तृत विवरण विभागको वेबसाइट www.ird.gov.np मा राखिएको व्यहोरा अनुरोध गरिन्छ । करदाताहरुले आफ्नो कार्यालयको नाम वेबसाइटको PAN SEARCH बाट समेत जानकारी लिन सकिने व्यहोरा सूचित गरिन्छ ।

Social Links