सुविधा नदिने नगरलाई कर नतिर्ने व्‍यापारीको निर्णय


बैशाख २१, २०७६ डोल्पा : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ अन्तर्गत पर्ने त्रिपुराकोट  बजारमा व्‍यवसाय सञ्चालन गर्दै आएका उद्योगी व्‍यापारीहरूले व्‍यावसायिक कर नतिर्ने निर्णय गरेका छन्। शनिबार बसेको बजार व्‍यवस्थापनका पदाधिकारीहरूसहित सम्पूर्ण उद्योगी व्‍यापारीहरूको भेलाले व्‍यवसायको नाममा नगरपालिकालाई कुनै पनि कर नतिर्ने निर्णय गरेको हो। नगरपालिकाभित्र स्वच्छ खानेपानी, भरपर्दो विद्युत्, सञ्चारलगायत कुनै पनि सुविधा नभएकाले व्‍यापारीले एकोहोरो करमात्रै नतिर्ने उनिहरुले बताएका हुन्। करबाट उठेको रकम बजारमा स्वच्छ वातावरण निर्माण तथा सुविधायुक्त बजार व्‍यवस्थापनको लागि प्रयोग नभएको भन्दै शनिबारबाट नगरपालिकालाई कुनै पनि ‍व्‍यवसायिक कर नतिर्ने निर्णय भएको बजार व्यवस्थापन समितिका अध्यक्ष पूर्णकेशर न्यौपानेले बताए। बजार व्‍यवस्थापनको काममा नगरपालिकाले असहयोग गरेको बताउँदै अबका दिनदेखि बजारलाई व्‍यवस्थित एवं स्वच्छ सफा बनाउन व्‍यनपारीहरू आफैँ एकजुट हुनेसमेत न्यौपानेको भनाइ छ। बजारको जताततै फोहोर थुप्रिएर फोहोरले बजारनै दुर्घन्धितहुँदा समेत नगरपालिको ध्यानजान नसकेको अर्का व्‍यापारी धर्मसिंह रोकायले बताए। नगरपालिकाले व्‍यावसायिक फर्म दर्ता गराएर व्‍यवसाय सञ्चालन गरेका व्‍यापारीबाट पनि वार्षिक २४ सय कर उठाउन थालेको बताउँदै व्‍यापारीहरूले नगरपालिका, आन्तरिक राजस्‍व कार्यालय,घरेलु तथा साना उद्योगमा समेत करचुक्ता गर्नुपर्ने भन्दै रोकायले गुनासो गरे। त्रिपुराकोटका उद्योगी व्‍यापारीले तीन ठाउँमा कर तिर्नुपर्ने भएकाले आफूहरू  मारमा परेको उनको भनाइ छ। तीनतिरको करले सामान्य व्‍यापार गरेर परिवार पाल्दै आएका व्‍यापारीहरूको व्‍यवसाय धरापमा परेकाले एकै ठाउँमा मात्रै करतिर्ने व्‍यवस्था गर्न मागसमेत गरिएको छ। शनिबार बसेको बैठकको निर्णयबाट पशु बधशाला व्‍यवस्थित नहुन्जेलसम्म बन्द गर्ने, बजारको सुरक्षा ब्यबस्थापनमा कठाइगर्ने, प्रत्येक हप्ता शनिबारको दिन ब्यापारीहरु मिलेर बजार सरसफाइ गर्ने लगातयका निर्णय गरिएको छ। आजकै भेलाले सामुदायिक अध्ययन केन्द्रको एक कोठमा उद्योग बाणिज्य संघ त्रिपुराकोट शाखा कार्यालयको समेत स्थापना गरेको छ।

 यो समाचार  थाहाखबर डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links