५ करोडभन्दा बढीका कारोबारी बढे, कर छली पनि बढ्यो

काठमाडौं। मुलुकमा वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेहरु १४ हजारभन्दा बढेका छन्। आन्तरिक राजस्व विभागका अनुसार कम्पनीहरुको कारोबार सीमा विस्तारै बढ्दै गइरहेको देखिएको छ। 

करदाता सेवा कार्यालय अन्तर्गत १३ हजार २ सय ८२ वटा कम्पनीहरु ५ करोडभन्दा बढी कारोबार गर्ने छन्। यी कम्पनीहरुमध्ये अधिकांश व्यापारमा केन्द्रित छन्। विभागमा अनुसार उद्योग भन्दा व्यापार गर्ने कम्पनीहरु बढ्दै गइरहेको छ। हाल २ लाख भन्दा बढी कम्पनीहरु मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका छन्।

जसमध्ये थोरै कम्पनीहरुले मात्रै ५ करोडभन्दा धेरै कारोबार गर्दै आएका छन्। करदाताहरुलाई सेवा र नियमन गर्न विभागले ३ चरणको कार्यालय बनाएको छ। ५० करोडसम्म कारोबार गर्ने कम्पनीलाई आन्तरिक राजस्व, १ अर्बसम्म मध्यस्तरीय र १ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीलाई ठूला करदाता कार्यालयले हेर्दै आएको छ। चालु वर्षदेखि ५ करोडभन्दा बढी कारोबार गर्ने कम्पनीलाई सरकारले अनिवार्य कम्प्युटर प्रणाली एक्सलमा खरिद बिक्री खाता पठाउन भनेको छ। यसअघि म्यानुअल रुपमा प्रयोग गर्दै आएको खरिद बिक्री खाता एक्सलमा बुझाउनु पर्ने व्यवस्था गरेको छ।  

कर चुहावटको जोखिमको आधारमा कर कार्यालयहरुलाई कम्पनीहरु हेर्ने अनुमति दिइएको छ। पछिल्लो समय विभागमा नन्-फाइलरहरु बढ्दै गएका छन्। लामो समयसम्म नन्-फाइलर हुने कम्पनीहरुलाई विभागले खारेजीको प्रक्रिया पनि अघि बढाएको छ। 

ऐन छल्न फर्जी कम्पनी दर्ता गर्ने बढे

विभागमा नन्-फाइलरको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। विषेशगरी व्यवसायी संस्था नेपाल उद्योग वाणिज्य महासंघ,  नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सलगायत व्यावसायिक संस्थाहरुको निर्वाचनको समयमा मतदाताकै लागि पनि व्यावसायिक संस्था दर्ता गर्ने परिपाटी छ।

यसले ती कम्पनीहरुको प्रयोजन सकिएपछि पुन नन्-फाइलर बन्ने समस्या बढिरहेको छ। यस्तै कर छली गर्नका लागि नयाँ कम्पनी दर्ता गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ। यसैगरी पछिल्लो समय एउटै कम्पनीले फर्जी कम्पनी दर्ता गरी कारोबार ऐन २०३२ छल्ने गरेको पाउन थालिएको छ। ऐनले २० प्रतिशत भन्दा बढी नाफा लिन नपाउने व्यावस्था गरेको छ।

यो नियम छल्नको लागि अर्को कम्पनी खोली सोही सामग्री बिक्री गरेको देखाउने गरेको विभागले जनाएको छ। यसरी अर्को कम्पनीलाई बेच्दा ऐन अनुसार २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने नियमलाई सजिलै उल्लंघन गर्न सकिने गरेको छ। विभागका अनुसार अधिकांश व्यापार गर्ने कम्पनीहरुले अर्को कम्पनी दर्ता गर्ने गरेका छन्। विभाग स्रोतले बिजमाण्डूसँग भन्यो 'कम्पनीहरु बढी नाफा कमाउन एकभन्दा धेरै कम्पनी दर्ता गर्ने धुनमा लागेका छन्। यसरी एउटै कम्पनीले अर्को कम्पनीको मालवस्तु खरिद देखाइ दोस्रो वा तेस्रो कम्पनीले बजारमा बिक्री गर्ने गरेको पाइएका छन्।'   


(यो समाचार बिजमाण्डू ६ भाद्र २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links