एक करोडभन्दा बढी राजस्व संकलन


लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले चालू आर्थिक वर्षको ९महिनामा एक करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म १ करोड २६ लाख ६७ हजार ८ सय ५८ रुपैयाँ राजस्व संकलन भएको हो ।
नगरपालिकाले संकलन गरेको राजस्व मध्ये एकीकृत सम्पत्ति कर ३७ लाख १० हजार ४ सय ७८ रुपैयाँ छ । नगरपालिका राजस्व शाखाकी प्रतिमा पन्तका अनुसार नक्सापासमा २५ लाख ९ हजार ९ सय ११ रुपैयाँ, घरबाटो सिफारिसमा ९ लाख ८७ हजार ९ सय ४५ रुपैयाँ संकलन भएको छ भने सिफारिस शुल्क, अभिलेखीकरण, व्यवसाय कर, बहाल करलगायत अन्य क्षेत्रबाट पनि राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ । 

बेसीशहर नगरपालिकाले चालू आर्थिक वर्षमा १ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा लक्ष्यभन्दा दोब्वर राजस्व संकलन गर्न सफल बेसीशहर नगरपालिका चालू आर्थिक वर्षमा भने लक्ष्यमा सिमित हुने भएको छ । आन्तरिक आयको क्षेत्र पहिचानका साथै क्षमताको आधारमा सवैलाई करको दायरामा ल्याउने प्रयासमा नगरपालिका लागिपरेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।
“नागरिकमा कर तिर्नुपर्छ भन्ने भावनाको क्रमशः विकास हुँदै गएको अनुभव गरेका छौं,” नगरप्रमुख अर्यालले भने, “अहिलेको अवस्थामा केही व्यवसायिले भने कर तिर्न आनाकानी गरिरहेको बुझिएको छ ।” 
नागरिकले तिरेको करबाट संकलन भएको राजस्वलाई नागरिककै हितमा उचित क्षेत्रमा प्रयोग गरिने नगरप्रमुख अर्यालले बताए । गत आर्थिक वर्षमा आन्तरिक आर्यतर्फ ८० लाखको लक्ष्य लिएको नगरपालिकाले कुल १ करोड ७१ लाख ८४ हजार २७ रूपैया संकलन गरेको थियो ।

यो समाचार  कारोबार दैनिक  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links