गाडी बेचेको र होटलमा तिरेको बिल सोझै कर कार्यालयलमा रेकर्ड हुने

काठमाडौं । गाडी विक्रेता र होटलहरुले काट्ने विलको विवरण अबदेखि कर कार्यालयहरुमा रेकर्ड हुने भएको छ । आन्तरिक राजस्व विभागले ‘रियल टाइम’ विल रेकर्डको प्रणाली विकास गरेर जेठ १५ गते देखि गाडी विक्रेता र होटलहरुलाई यस्तो प्रणालीमा अनिवार्य आवद्ध गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा ठूला करदाता कार्यालय अन्तरगतका गाडी विक्रेता र होटलहरुमा यस्तो ब्यवस्था लागू गरिने विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले जानकारी दिए । यस्तो ब्यवस्था कम्प्युटरकृत विल जारी गर्ने करदाताहरुको हकमा लागू हुनेछ ।

‘विद्युतीय विजक सम्बन्धी निर्देशिका २०७४ ले गरेको ब्यवस्था अनुसार पहिलो चरणमा ठूला करदाता कार्यालयमा दर्ता भएका अटोमोवाइलको कारोबार गर्ने र होटलहरुमा यस्तो ब्यवस्था अनिवार्य गर्न लागेका हौं, मंसिरदेखि सुरु भएको यस्तो ब्यवस्थामा यसअघि नै ६ वटा करदाता आवद्ध भइसकेका छन्,’ प्रवक्ता ढुंगेलले क्लिकमाण्डूसँग भने ।

यसको लागि विभागले चैत १५ गतेसम्म सफ्टवयर निर्माता र वितरक कम्पनीलाई विभागबाट सो सफ्टवयर सुचिकृत र नविकरण गर्ने समय तोकेको थियो । विभागले स्वीकृति दिएका सफ्टवयर जडान गर्नको लागि करदाताहरुलाई जेठ १५ गतेसम्मको समय दिइएको हो ।नयाँ सफ्टवयरलाई भने विभागले जुन समयमा पनि आवश्यक जाँच पड्तालपछि स्वीकृति दिने गरेको छ ।

‘करदाताले विलै जारी गरेन भन्ने गुनासो थियो, रियल टाइम विलिङ रेकर्ड प्रणाली लागू भएपछि विल जारी नगरे पनि अटोमेटिक रुपमा विलको रेकर्ड हुने भएकोले यो समस्या समाधान हुन्छ,’ उनले भने ।
 

करदाताहरुले विल विजक जारी नगर्ने र कर छली गर्ने भन्ने गुनासो कम गर्न विभागले ‘रियल टाइम विलिङ रेकर्ड’ राख्ने प्रणाली सुरु गरेको हो । यो प्रणालीको प्रयोगपछि करदाताले कम्प्युटरकृत विल विजक जारी गर्ने वित्तिकै विभागको डेटा सेन्टरमा यसका सबै तथ्यांक रेकर्ड हुनेछन् ।

धेरै करदाताको विवरण सुरक्षित राख्न अहिलेको प्रणालीले नसक्ने भन्दै विभागले नयाँ सफ्टवयर र हार्डवयर खरिदको प्रक्रिया पनि अगाडि बढाएको छ ।

‘अहिले विभागको आफ्नै सुचना प्रविधि शाखाले निर्माण गरेको सफ्टवयर प्रयोग गरेर करदातालाई सुविधा दिइरहेका छौं, अब रियल टाइम विलिङ रेकर्ड राख्नको लागि अहिलेको सफ्टवयर र हार्डवयरले नधान्ने देखिएकोले क्षमता बृद्धिको लागि प्रक्रिया पनि अगाडि बढाएका हौं,’ प्रवक्ता ढुंगेलले भने ।

विभागले पहिलो चरणमा ठूला करदाता कार्यालयमा दर्ता भएका अटोमोबाइल्स र होटललाई यो प्रणालीमा आवद्ध गर्ने निर्णय गरेको भएपनि यसलाई ब्यापक बनाएर सबै क्षेत्रमा लागू गर्ने तयारी गरिएको विभागको भनाइ छ ।

‘अरु कुन कुन क्षेत्रका करदातालाई यसमा आवद्ध गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं, हाम्रो सफ्टवयर र हार्डवयरको क्षमता बृद्धि र नयाँ क्षेत्रका करदातामा पनि यस्तो ब्यवस्था लागू गर्ने कार्य समानान्तर रुपमा अगाडि बढ्छ,’ विभागका उपमहानिर्देशक समेत रहेका ढुंगेलले भने ।

रियल टाइम बिलिङ रेकर्ड प्रणालीको पूर्ण कार्यान्वयनपछि करदाताले क्रेतालाई विल विजक जारी नगरेपनि कर विवरणमा कुनै फरक नपर्ने उनको भनाइ छ ।

‘करदाताले विलै जारी गरेन भन्ने गुनासो थियो, रियल टाइम विलिङ रेकर्ड प्रणाली लागू भएपछि विल जारी नगरे पनि अटोमेटिक रुपमा विलको रेकर्ड हुने भएकोले यो समस्या समाधान हुन्छ,’ उनले भने ।

यो समाचार  क्लिकमान्डु  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links