राजस्व संकलन गिरावट

बैतडी-कुनै समय दक्षको दोब्बर राजस्व संकलन गर्ने महाकाली भन्सार कार्यालयललाई पछिल्लो समय लक्ष्य भेटाउनै मुस्किल हुन थालेको छ । अघिल्ला वर्षहरूमा लक्ष्यको दोब्बरभन्दा बढी राजस्व संकलन गर्दै आएको महाकाली भन्सार कार्यालय झुलाघाटमा गत आर्थिक वर्ष २०७३-७४ मा मुस्किलले लक्ष्य भेटिएको थियो । तर, यस वर्ष भने लक्ष्य भेट्याउनै मुस्किल भएको भन्सार कार्यालयका निमित्त प्रमुख दिल्लीराम सुवेदीले बताए । “आजकल सामाननै आउँदैन अनि कहाँबाट राजस्व संकलन हुन्छ,” उनले भने ।
आर्थिक वर्ष ०७२-७३ मा महाकाली भन्सार कार्यालयले ८६ लाख ५३ हजार लक्ष्य राखेकोमा १ करोड ४४ लाख राजश्व असुली गरेको थियो । यस्तै आर्थिक वर्ष २०७३-७४ मा ९० लाख लक्ष्य राखेकोमा मुस्किलले ९१ लाख ९७ हजार ३५ संकलन गरिएको थियो । यस आर्थिक वर्षमा पनि कार्यालयले १ करोड २० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर, आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा अहिलेसम्म जम्मा ५० लाख २ हजार ५ सय ९ रुपैयाँ मात्र राजस्व उठेको छ । “अबका तीन महिनामा राजश्व संकलनमा सुधार नभई यसै हिसाबले जाने हो भने लक्ष्य भेट्टाउनसमेत मुस्किल हुन्छ,” सुवेदीले भने । पछिल्लो समय सबैभन्दा बढी राजस्व उठ्ने सिमेन्टलगायतका अन्य सामग्री पनि नेपालबाटै आउन थालेकाले पनि राजश्वमा गिरावट आएको कार्यालयको भनाई छ । 
अहिले बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट बढीजसो चप्पल, गुड, सिमेन्ट र कपडालगायतका सामान निर्यात हुने गर्छन् । आधिकारिक रूपमा बैतडीको झुलाघाटबाट सामान आयात–निर्यात भए पनि तल्लो स्वराड क्षेत्रका विभिन्न घाटबाट पनि सामान आयात हुने गरेको छ ।

यो समाचार कारोबार दैनिक  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links