अब घरमा बसेर मोवाइलबाटै राजश्व तिर्न सकिने

१२ वैशाख, काठमाडौं । अब घरमा बसी-बसी मोवाइल वा कम्प्युटरबाटै सरकारलाई राजश्व तिर्न सकिने भएको छ । सरकारले करदाताले आफ्नो बैंक खाताबाट विद्युतीय माध्यममार्फत राजश्व तिर्न सक्ने प्रणालीको सुरुआत गरेको हो ।

अर्थ मन्त्रालयले बुधवार काठमाडौंको करदाता सेवा कार्यालय, ठमेलबाट यस्तो प्रणालीको औपचारिक सुभारम्भ गरेको हो । पूर्ण कार्यान्वयन भने साउनदेखिमात्र हुनेछ ।
 

हालका लागि करदाताले एक लाख रुपैयाँसम्मको कर विद्युतीय माध्यमबाट तिर्न सक्नेछन् । आगामी साउनदेखि भने जतिसुकै ठूलो कारोबार पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने गरी प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

करदाताले सरकारलाई बुझाउनुपर्ने सबै प्रकारका कर, शूल्क वा दस्तुर उक्त विद्युतीय प्रणालीबाट बुझाउन सक्नेछन् । यो प्रणालीबाट गरिने कारोबार पूर्ण सुरक्षित रहने प्रतिवद्धता मन्त्रालयले व्यक्त गरेको छ ।

अब करदाताले नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको अयललभअत क्ष्एक् रजिष्टर गरी भुक्तानी गर्न सक्नेछन् । यसबाट सबै संघीय सरकारी कार्यालयको राजश्व बुझाउन सकिनेछ । उक्त प्रणालीबाट कारोबार गर्दा कुनै पनि शूल्क नलाग्ने मन्त्रालयले बताएको छ ।

यो प्रणालीमा ‘रियल टाइम’ कारोबार हुने, जुनसुकै बैंकबाट पनि राजश्व बुझाउन सकिने, अरुकै खाताबाट पनि राजश्व भुक्तानी गर्न सकिने लगायतका विशेषता रहेका छन् ।

कर प्रशासन गर्ने निकायको पोर्टल वा राजश्व व्यवस्थापन सूचना प्रणाली -आरएमआईएस) बाट भौचर तयार गरी भुक्तानी गर्न सकिनेछ ।

यो प्रणालीमा महालेखा नियन्त्रक कार्यालयको नाममात्र एकल खाता रहनेछ । प्रणालीबाटै बैंक खाता मिलान गर्नसमेत सकिनेछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले भुक्तानीलाई करदातामैत्री बनाउनका लागि यस्तो प्रणाली अवलम्बन गरिएको बताए । यो प्रणालीले करदाताको प्रशासनीक झन्झट न्यूनीकरण गर्न र राजश्व सहभागिता बढाउन मद्दत पुग्ने उनको भनाइ थियो ।

राजश्व सचिव शिशिरकुमार ढुंगानाले यो प्रणालीको अवलम्बनले राजश्व प्रशासन सुधारको नयाँ आयाम थपेको पहल भएको बताए । यसले लगानीमैत्री वातावरण सिर्जनामा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

सरकारले एक दशकअघि नै विद्युतीय भुक्तानी प्रणाली अवलम्बन गर्न सैद्धान्तिक रुपमा स्वीकार गरेको थियो ।

अर्थमन्त्री युवराज खतिवडाले आफ्नो नियुक्तीको पहिलो निर्णय नै १ वैशाखदेखि खर्च तथा राजश्वतर्फको सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्ने निर्णय गरेका थिए । यो व्यवस्था कार्यान्वयनका लागि मन्त्रालयले कार्यदल नै गठन गरेको थियो ।


यो समाचार  Online Khabar  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links