८७ कम्पनीलाई कर र भ्याट तिर्न १५ दिने अल्टिमेटम

सरकारले समयमै कर दाखिला नगर्ने र मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने ८७ कम्पनी र सञ्चालकको नाममा सार्वजनिक सूचना जारी गरेको छ । आन्तरिक राजस्व कार्यालयले बक्यौता कर तिर्न ताकेता गर्दै ८७ कम्पनीको नाममा सूचना जारी गरेको हो । आन्तरिक राजस्व कार्यालय भद्रपुरले ३२ कम्पनी र महेन्द्रनगरले ५५ कम्पनीलाई बक्यौता कर तिर्न सार्वजनिक सूचना जारी गरेका छन् । सूचनाअनुसार आन्तरिक राजस्व कार्यालय भद्रपुरले ३२ वटा कम्पनी र त्यसका सञ्चालकलाई बक्यौता कर दाखिला गर्न ७ दिने अल्टिमेटम दिएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दे राजस्व कार्यालयले तोकिएको समयभित्र कर दाखिला नगरेमा सूचिकृत कम्पनी तथा सञ्चालकको बैंक खाता रोक्का गर्ने, नेपाल बाहिर जान र आयात निर्यातमा रोक्का गर्ने चेतावनीसमेत दिएको छ ।
यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने ५५ कम्पनीका सञ्चालकलाई आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले १५ दिनभित्र बक्यौता दाखिला गर्न सूचना प्रकाशित गरेको छ । पटक–पटक सम्पर्क गर्दा पनि बक्यौता दाखिला नगरेको भन्दै सोमबार सार्वजनिक सूचनामार्फत बक्यौता रकम तिर्न राजस्व कार्यालय महेन्द्रनगरले १५ दिनको अल्टिमेटम दिएको हो । तोकिएको समयमा भ्याट नबुझाए मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ (१) बमोजिमको प्रक्रिया अपनाइ असुलउपर गर्ने चेतावनीसमेत कार्यालयले दिएको छ ।
 
यो समाचार  कारोबार दैनिकबाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links