करदाताको फाइल हेरफेर गर्दै राजस्व विभाग: सुन, इन्धन र सवारी कारोबार अब साना कर कार्यालयले हेर्ने

आन्तरिक राजस्व विभागले करदाताको फाइल समेत हेरफेर गर्ने भएको छ।विभागले अहिलेसम्म करदाताको कारोबारका आधारमा वर्गीकरण गर्दै आएको थियो । अब भने व्यापार प्रकृतिका आधारमा समेत करदाता छुट्याउन लागिएको हो।

अब सुन, सवारी इन्धन लगायत कारोबार गर्ने कम्पनीलाई आन्तरिक राजस्व विभागले नै हेर्ने भएको छ। यससँगै यसअघि ठूला करदाता कार्यालयले हेर्दै आएको यी व्यवसायीको फाइल अब साना आन्तरिक राजस्व कार्यालयले नै हेर्ने छन्। 

अर्थमन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै सुन, सवारी र इन्धनको फाइल अब कर कार्यालयले नै हेर्ने बनाइएको हो। तर सवारीमा भने आन्तरिक डिलरसीप गर्ने कम्पनीलाई मात्रै हेर्नेछ। सिधैं आयात गरी कारोबार गर्ने कम्पनीलाई भने ठूला करदाता कार्यालयले नै हेर्नेछ। 

यी वस्तुहरु व्यावसाय गर्ने कम्पनीहरुको कारोबार रकम मात्रै धेरै हुने र कर थोरै संकलन हुने भएकोले कर जोखिम कम हुने भन्दै कार्यालय परिवर्तन गरिएको हो। 

विभागले करदाताको कारोबारको थ्रेसहोल्ड पनि परिवर्तन गरिसकेको छ। जसअनुसार ५० करोडसम्म कारोबार गर्ने कम्पनी कर कार्यालय, ५० देखि एक अर्बसम्म कारोबार गर्ने मध्यमस्तरीय र एक अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीलाई ठूला करदाता कार्यालयले हेर्ने व्यवस्था गरिएको छ। 

यसभन्दा अघि ४० करोसम्म कर कार्यालय, ४० देखि ८० सम्म मध्यमस्तरीय र ८० करोडभन्दा बढी कारोबार गर्ने कम्पनीलाई ठूला करदाता कार्यालयले हेर्दै आएको थियो।

(यो समाचार बिजमाण्डू ५ साउन २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links