लकडाउनले स्थानीय तहको राजस्व संकलन ठप्प


काठमाडौं- लकडाउन र निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प हुँदा स्थानीय तहको राजस्व संकलन ठप्प भएको छ। स्थानीय तहले उठाउने मध्ये राजस्वका मूल स्रोतहरू बहाल कर तथा सम्पत्ति कर संकलन ठप्प भएको छ।
स्थानीय तहहरूले अहिले संघीय सरकारबाट साउनको राजस्व बाँडफाँटको पैसा पाएका छन्। त्यसैगरी केही स्थानीय तहले वित्तीय समानीकरण अनुदान पनि पाइरहेका छन्। 'हाम्रो आन्तरिक राजस्व संकलन प्रभावित बनेको छ, कोरोना उपचारका लागि संघीय सरकार र प्रदेशबाट केही पैसा भने पाएका छौँ,' कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले भने।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पनि स्वास्थ्य सावधानी अपनाउनु परेका कारण राजस्व उठाउन नसकेको बताए। डंगोलले सर्वसाधारण कर तिर्न नसक्ने अवस्थामा पुग्न लागेको भन्दै यसले भविष्यमा थप चुनौती ल्याउन सक्ने बताए। 
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा लगाउँदा आर्थिक गतिविधि ठप्प भएका छन्। धेरै घरबेटीले घर बहालसमेत उठाउन सकेका छैनन्। यसैगरी सार्वजनिक निकायले लगाएको बहाल पनि उठ्न सकेको छैन। कतिपय क्षेत्रमा सटर खाली हुँदै गएका कारण पनि भाडा नउठ्ने अवस्था आएको व्यवसायीहरूले बताएका छन्।

(यो समाचार  नेपाललाइभ ९ भाद्र २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links