काठमाडौं महानगरले उठायो चार करोड राजस्व, पञ्चेबाजाप्रति गुनासो


काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर सम्बन्धी सूचना प्रकाशित गरेपछि हालसम्म तीन करोड ८९ लाख रुपियाँ कर उठेको छ । महानगरपालिकाले कर बुझाउने आव्हानसहितको सूचना प्रकाशित गरी कर नबुझाउने प्रतिष्ठानहरुमा पञ्चेबाजसहित जान थालेपछि उक्त कर सङ्कलन भएको राजस्व विभागले जनाएको छ । राजस्व महाशाखा प्रमुख डा. शिवराज अधिकारीले दिनुभएको जानकारीअनुसार अहिलेसम्म १३ व्यापारिक प्रतिष्ठानले कर बुझाएका छन् ।
उहाँका अनुसार सम्पर्कमा आएको व्यापारिक प्रतिष्ठानमध्ये एन आर टी क्लब, यूनाइटेड वल्ड टे«ड सेन्टर, काठमाडौं इन्जिनियरिङ्ग कलेज, नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल, एलआरआई बोर्डिङ स्कुल स्युचाटार, होटल मस्र्याङ्दी, बुद्ध मल, जनमैत्री अस्पताल, सुरज आर्केट, वैशाली होटल प्रालि, प्रवीणबहादुर केसी र स्टार मलले कर बुझाएका हुन ।

एनआरटी क्लबले १० लाख, यूनाइटेड वल्र्ड ट्रेड सेन्टरले एक करोड, काठमाडौं, इन्जिनियरिङ्ग कलेजले २५ लाख, नेशनल हस्पिटलले २४ लाख, शहीद मेमोरियल हस्पिटलले २९ लाख २० हजार, एलआरआई बोर्डिङ स्कुलले २५ लाख, होटल मस्र्याङ्दीले आठ लाख सात हजार ९१८ पियाँ, बुद्ध मलले ४७ लाख १८ हजार र जनमैत्री अस्पतालले ६० लाख कर राजस्व विभागमा बुझाएको छ ।
यसैगरी सुरज आर्केटले ६ लाख ७४ हजार १६४, वैशाली होटलले पाँच लाख ९६ हजार ८६४, प्रवीणबहादुर केसीले आठ लाख र स्टार मलले ५० लाख कर बुझाएको विभागका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

उहाँले १३ व्यापारिक प्रतिष्ठानले कर बुझाएपनि पूरै कर नबुझाएको बताउनुभयो । ‘उहाँहरुले अझै कर बुझाउन बाँकी छ । यो आर्थिक वर्षभित्र बुझाउने प्रतिवद्धता गर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘यस्तै सम्पर्कमा नआउनेलाई पत्रचार गरेका छौं । उहाँहरुले कर बुझाउँछौँ भनेर डकुमेन्ट ल्याएर बुझाउनुभएको छ ।’ यता कर नर्तिने र सम्पर्कसम्म नआएको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको राजस्व महाशाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी काठमाडौं महानगरपालिकाले यही भदौ ९ गतेबाट कर असुल गर्न पञ्चेबाजासहित टोल टोलमा अभियान शुरु गरेको छ । महानगरले बक्यौता रकम असुल गर्न पटक–पटक सूचना सार्वजनिक गर्दा पनि सम्बन्धित निकाय सम्पर्कमा नआएपछि यस्तो तयारी थालेको हो । गत असार १६ गते पहिलो चरणमा र साउन २६ गते दोस्रो चरण गरी महानगरले कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । महानगरले यस अभियानबाट ७० करोड रुपियाँ असुल गर्ने लक्ष्य लिएको छ ।
सल्लाह भएन उपमेयर
यता कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा अभियानबारे आफूसँग कुनै सल्लाह नभएको महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले जानकारी दिनुभयो । कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा अभियान कति प्रभावकारी भयो भनेर बुझ्न खोज्दा उपप्रमुख खड्गीले सो कुरा बताउनुभएको हो । आफू राजस्व परामर्श समितिको संयोजक भएको तर, यस विषयबारे आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो ।

‘यो अभियान प्रभावकारी हुनु वा नहुनुमा फरक छ । यो विषय मसँग सोधेर गर्नुभएको होइन मेयरजीले,’ उहाँले भन्नुभयो । तर, एकै पटक यो अभियान शुरु गर्नुभन्दा पहिला एक पटक सबैलाई आधिकारिक रुपमा पत्र पठाउनुपर्ने उहाँको भनाइ छ । साथै महानगरपालिकाले गरेको यो अभियानबाट धेरैले गुनासो गर्नेगरेको उहाँले बताउनुभयो । ‘मलाई नै गुनासो आउन थालेको छ । महानगरपालिकाले बेइज्जत ग¥यो । एक पटक पत्र पठाएको भए हामी सल्लाह गर्न आउँथ्यौं । तर, महानगरले त्यस्तो गरेन भनेर ठूला करदाताबाट गुनासो आएको छ ।’ खड्गीले भन्नुभयो ।

(यो समाचार  गोरखापत्र अनलाइन १७ भाद्र २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links