जनकपुरधाम उपमहानगरपालिकाले बृद्धि गरेको सम्पति कर घटाउने निर्णय

जनकपुरधाम- करबृद्धिको विरोधमा चौतर्फी दबाब आएपछि जनकपुरधाम उपमहानगरपालिकाले बृद्धि गरेको सम्पति कर घटाउने निर्णय गरेको छ।
जनताले थेग्न नसक्ने गरी कर बढाइएको भन्दै प्रतिपक्षी दल कांग्रेस विरोधमा उत्रेपछि उपमहानगरले कर घटनाउन निर्णय गरेको हो।

प्रतिपक्षी दल कांग्रेसका वडाध्यक्ष, उद्योग वाणिज्य संघ लगायतका संघसंस्थाहरुले आपत्ति जनाएपछि उपमहानगरको बोर्ड बैठकले कर घटाउने निर्णय गरेको जनाइएको । जनकपुरधामकी उपप्रमूख रिता मिश्रले बोर्ड बैठकबाट कर घटाउने निर्णय भएको, र कर बुझाइसकेकाहरुको लागी अगामी आर्थिक वर्षमा कर मिनाहा हुने बताएकी छिन् ।

यता, विरोधमा उत्रेका विपक्षी कांग्रेसले आफूहरुलाई कर घटाउने निर्णयबारे आधिकारिक जानकारी नभएको बताएका छन् । जनकपुर उपमहानगरका काँग्रेस नगरसभापति मनोज साहले सम्पत्तिसहित अन्य शीर्षकमा वृद्धि गरिएको कर फिर्ता गर्ने हाम्रो माग रहेको बताएका छन् । तर कर घटाउने निर्णय भएपनि आधिकारिक जानकारी नआएको उनको भनाई छ।

कर बृद्धि गरिएको बैठकले १० लाख रुपैयाँ मूल्यांकन रहेको सम्पत्तिको प्रतिवर्ष तीन सय रुपैयाँ कर तोकेको थियो भने उक्त कर यथावत राख्ने निर्णय भएको उपमहानगरले जनाएको छ। जनकपुर रिता मिश्रले जाकारी दिइन्।

उपमहानगरपालिकाले १० लाखपछि २० लाखसम्मको सम्पत्तिमा ०.१४ प्रतिशत कर लिँदै आएको थियो। जसलाई घटाएर ०.८ प्रतिशत, त्यसपछिको ५० लाखमा ०.१८ प्रतिशबाट ०.१० प्रतिशत र त्यसपछिको १ करोड वा बढी भएमा ४० प्रतिशत सम्पत्ति कर लिने निर्णय गरेको छ।

यो समाचार  देशसञ्चार डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links