आन्तरिक राजस्वको बक्यौता उठेन


नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दासमेत आन्तरिक राजस्व कार्यालय धनगढीले बक्यौता रकम उठाउन सकेको छैन । २ लाखभन्दा बढी मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्क भएका १ सय १७ जना व्यवसायीले बक्यौता रकम नबुझाएको आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत कृष्णबहादुर बोहराले बताए । 
बक्यौता असुली प्रयोजनका लागि वैशाख १२ गते राष्ट्रियस्तरको पत्रिकामा नामावली प्रकाशित गरेपछि हालसम्म ५ जना व्यवसायीले मात्र कर दाखिला गरेका छन् । भने अन्य ५ जना व्यवसायीले थौरे रकम जम्मा गरेर लिखितरुपमा असार मसान्तसमम बुझाउने प्रतिबद्धता गरेका छन् ।
असारका लागि अन्य महिनाभन्दा अधिक बढी लक्ष्य भएकाले लक्ष्यअनुसार नपुग्ने देखिएको प्रमुख कर अधिकृत बोहराले बताए । “लक्ष्यअनुसार रकम उठाउन निकै नै चुनौती छ,” उनले भने, “विभिन्न बैंक, वित्तीय संस्था तथा उद्योगी व्यवसायीले असार मसान्त अगावै राजस्व खातामा कर दाखिला गरी सक्नुपर्नेछ । दाखिला नगरेमा कानुनी प्रक्रियाअनुसार अघि बढ्छौं ।”
कार्यालयले समयमै कर नतिर्ने १ सय ९ जना करदाताको नामावली नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पठाइसकेको छ । उनीहरूको नाममा रहेको बैंक खाता, फर्मका नाममा रहेका खाता अथवा फर्मको सञ्चालकको खाता, प्रोपराइटर र साझेदारको नाममा रहेको बैंक खाता रोक्का गरिदिन गत वैशाख ९ गते नै पत्र पठाइएको कार्यालयले जनाएको छ । धनगढीमा बक्यौता रकम समयमै नतिर्ने होटल व्यवसायीहरू बढी देखिएका छन् ।
आन्तरिक राजस्व कार्यालयले पुस र चैत मसान्तसम्म कर नतिर्ने व्यवसायीलाई असार मसान्तसम्म बक्यौता रहेको रकम बुझाउन आग्रह गरेको छ ।

यो समाचार कारोबार दैनिक  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links