सरकारको कर प्रणाली विरुद्ध आन्दोलनमा उत्रिए सेयर लगानीकर्ता, आजैबाट कारोबार बन्द !


काठमाडौं । सरकारले सेयरमा अब्यवहारिक रुपमा कर लगााएको भन्दै लगानीकर्ताहरुले कारोबार नै बन्द गरेका छन् । आन्तरिक राजस्व विभागले आईतबार एक सुचना प्रकाशित गर्दै हकप्रद र बोनस सेयरमा औषत आधार मूल्य परिवर्तन गर्दै लाभ कर लगाउने निर्णय गरेपछि लगानीकर्ताहरु कारोबार नै ठप्प पार्दै आन्दोलना उत्रिएका हुन् । आन्दोलित लगानीकर्ताले आज नेपाल स्टक एक्स्चेञ्ज घेराउ गर्दै सरकारको निर्णय नसच्चिएसम्म सेयर कारोबार नगर्ने घोषणा गरेका छन् । आन्दोलन कार्यक्रममा बोल्दै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सरकारले अनावश्यक र अब्यवहारिक कर लागू गर्दै सेयर बजार सिध्यानउने काम गरेको आरोप लगाए । ‘अहिले सरकारले चुरोट र रक्सीमा भन्दा बढि कर सेयरमा बढाएको छ,’ उनले भने, ‘यो सरकारको सेयर बजार माथीको निर्मम प्रहार हो ।’
सरकारले सेयर लगानीकर्ताको मर्म र भावना विपरित अनावश्यक नीति नियम बनाउँदै कर लगाएको समेत उनको तर्क थियो । ‘हामी लगानीकर्ताहरु सरकारलाई साथ दिँदै विकास र सम्बृद्धिको पथमा अघि बढिरहेका छौं,’ उनले भने, ‘तर, अहिले सरकारले जुन किसिमको करको भार थुपारेको छ त्यसलाई तत्काल फिर्ता लिन आग्रह गर्दछौं ।’
यदि आफुहरुले बोनस र हकप्रद पाउँदा सोभन्दा पनि बढि मूल्यमा सेय खरिदबिक्री भएमा त्यसको लाभ कर तिर्ने बताउँदै घाटामा गएको सेयरको लाभकर तिर्न नसकिने उनको तर्क थियो । आज कुनै पनि सेयर कारोबार नगर्ने घोषणा गरेका लगानीकर्ताले सवा ११ बजेसम्म मेगा बैंकको सेयर कारोबार गरेका छन् ।

यो समाचार बिजखबर डट कमबाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |
 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links