कच्चा पदार्थ भन्दै तयारी समान आयात गर्दा स्वदेशी उद्योग संकटमा, गुम्दैछ करोडौँ राजश्व


काठमाडौँ । कच्चा पदार्थ भन्दै केही ब्यापारीहरुले झ्याल ढोकाको तयारी यूपीभीसी प्रोफाइल आयात गरी बिक्री वितरण गर्दा नेपालमै उत्पादन गरेर बिक्री गर्ने व्यवसायी भने मारमा परेका छन् । 

केही व्यवसायीले कच्चा पदार्थको नाममा गलत सांकेतिक कोड प्रयोग गरी तयारी समान नेपाल भित्र्याएर बिक्री बितरण गर्दै आएको बुझिएको छ । सांकेतिक कोड ३९२५.२०.०० कोड प्रयोग गर्नु पर्नेमा ३९१६.१००० र ३९१६.२०.०० प्रयोग गरी आधा भन्दा धेरै भन्सार शुल्क छलेर सामान ल्याउँदै सस्तोमा बिक्री गर्दा आफूहरु प्रभावित भएको पीडित व्यवसायीहरु बताउँछन् । 

सांकेतिक कोड ३९२५.२०.०० भएको सामानको अन्तशुल्क प्रतिटन १८ सय देखि १९ सय अमेरिकी डलर (३० प्रतिशत) तिर्नु पर्नेमा ३९१६.१००० र ३९१६.२०.०० प्रयोग गरी ९ सयदेखि ११ सय अमेरिकी डलर (१५ प्रतिशत) मात्र भन्सार शुल्क तिरेको पाइएको छ । 

सरकारी निकायले प्रभावकारी अनुगमन नगर्दा राज्यलाई समेत करोडौँ रुपियाँ भन्सार राजश्व घाटा लागिरहेको पाइएको छ । अनियमिता गर्ने केही व्यवसायीको गतिबिधिले गर्दा स्वदेशी उत्पादनले प्रतिष्पर्धा गर्न नसकी उद्योग नै बन्द गर्नु पर्ने अवस्थामा पुगेको व्यवसायी बताउँछन् ।  

कच्चा पदार्थ आयात गरी उत्पादित समान र विदेशमै तयार भएका समान बीच प्रतिष्पर्धा गर्न नसकिने अवस्था रहेकाले उद्योग नै बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको हो । पीडित व्यवसायीका अनुसार सरकारी निकायले थाहापाएर पनि यस्तो कार्यलाई नियन्त्रण नगरेको र नेपालमा उत्पादित समानलाई प्रोत्साहन गर्नु पर्नेमा निरुत्साहित गरेको एक पीडित व्यवसायीले गुनासो गरे । 

नेपालमा निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुले बिदेशबाट कच्चा सामान आयात गरी सामाग्री उत्पादन गर्दछन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने भन्दै औद्योगिक कच्चा पदार्थको आयात शुल्क केही घटाएको थियो । 

सरकारले कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुभन्दा कम्तीमा एक तह कम गर्ने निर्णय गरेको थियो । तर सरकारको यो कुरा व्यवसायीको आँखामा छारो हाल्ने काम मात्र भएको पीडित व्यवसायीले गुनासो गरे । 

(यो समाचार  कर्पोरेट नेपाल १९ फाल्गुन२०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links