विद्युतीय गाडीको कर घटाउने संकेत, बहस गरौं न– अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधनको कर घटाउने संकेत गरेका छन् । उनले पेट्रोलियमका सवारी साधनको भन्दा विद्युतिय सवारी साधनको कर कम हुनुपर्नेमा सरकार स्पष्ट रहेको पनि स्पष्ट पारे । विनियोजन विधेयकमाथीको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री डा. खतिवडाले तर कति कम हुनुपर्ने हो भन्नेबारे चाँही संसदमै छलफल हुनुपर्नेमा जोड दिए । ‘विद्युतिय सवारी साधनका करहरु पेट्रोलियमका सवारी साधनहरुको तुलनामा कम हुनुपर्छ । तर कति कम हुनुपर्छ भन्ने कुरामा छलफल गरौं । कम हुनुपर्छ भनेर १० प्रतिशत मात्रै हुनुपर्छ वा दक्षिण एसियाली देशहरुको हाराहारीमा हुनुपर्छ भन्ने कुरामा बहस गरौं ।’, मन्त्री खतिवडाले संसदमा भने । उनले सार्कका सबै ठूला मुलुकहरुले पनि निजी प्रयोजनका विद्युतिय सवारी साधनमा ४० देखि ६० प्रतिशतसम्म भन्सार र अन्तशुल्क तथा भ्याटसहित शतप्रतिशत भन्दा बढी असुलिरहेको बताए । ‘विद्युतिय गाडीको सवाल सैद्धान्तिक रुपमा ठिक हो । विद्युतिय सवारी साधन सरल र सहज रुपमा उपलब्ध गराउनु पर्छ, सरकारले पनि चाहेको त्यहि नै हो । तर कति सरल र कति सहज रुपमा गर्ने भन्ने कुरा मात्रै हो ।’ मन्त्री खतिवडाले भने ।

उनले नाका बन्दीका बेला सरकारले बोल्ड निर्णय गरेर निजी प्रयोजनका सवारी साधनलाई १० प्रतिशत भन्सार दर तोकिदिएको दावी पनि गरे । त्यति बेला पनि सार्वजनिक सवारी साधनका हकमा एक प्रतिशत भन्सार रहेको र अहिले पनि सोही दर कायम रहेको जानकारी पनि उनले गराए । अहिले पनि सार्वजनिक सवारी सधानका हकमा एक प्रतिशत नै भन्सार हो । निजी सवारी साधनका हकमा केहि बढाइएको छ । सार्वजनिक प्रयोजनका विद्युतिय सवारी साधनहरुका लागि अहिले पनि एक प्रतिशत मात्रै भन्सार दर रहेको उनको भनाई छ । सरकारले विद्युतिय सार्वजनिक सवारी साधनको उपयोगलाई बढावा दिने नीति लिएको पनि बताएका थिए । वातावण स्वच्छ राख्न र आन्तरिक रुपमा उत्पादित विद्युत खपतका लागि पनि विद्युतिय सवारी साधनको प्रवद्र्धन आवश्यक रहेको बताएका थिए ।

(यो समाचार  कर्पाेरेट नेपाल मा, २७ जेष्ठ २०७७ प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )  
 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links