काठमाडाैंका घरधनीले भाडा छुट दिए महानगरले कर पनि छुट दिने


काठमाडौं : भाडामा बसेकालाई घरभाडा छुट दिए‌ काठमाडौं महानगरपालिकाले घरबहाल करमा पनि छुट दिने भएकाे छ। 
कोरोना भाइरसको कारण भाडामा बस्नेलाई असर परेकाले महानगरले ०७६/७७ मा बुझाउनुपर्ने घरबहाल करमा छुट दिने जनाएको हाे। महानगरपालिकाको सातौं नगर अधिवेशनले उक्त घोषणा गरेको हो।
वार्षिक घरबहाल करमा १० प्रतिशत छुट दिने भएको बताइएकाे छ। त्यसैगरी, महानगरपालिकाभित्र व्यापार व्यवसाय गरी बस्ने करदाताहरूलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था पनि बजेटमा गरिएको छ।
असार ४ गते बसेको नगर सभा सातौँ अधिवेशनको पहिलो बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो। असार १० गतेको नगर सभा अधिवेशनको दोस्रो बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक विधेयक र उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरपालिकाको आगामी आर्थिक ०७७/७८ को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सभासमक्ष पेस गरेका थिए।

(यो समाचार  थाहा खबर २३ असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links