अनुमानित कर विवरण वेबसाइटबाटै कसरी बुझाउने? (बिस्तृतमा फोटो सहित)

अनुमानित कर विवरण बुझाउनु पर्ने व्यक्ति
आयकर ऐन, २०५८ अनुसार बार्षिक पाँच हजार भन्दा बढिको कर दायित्व भएका करदाताले आफ्नो व्यबसाय वा लगानीबाट हुने कुल आय तथा करयोग्य आय खुलाई आफ्नो अनुमानित कर विवरण पौष मसान्त भित्र बुझाउनु पर्दछ । रोजगारीबाट आय हुने वा व्यवसाय नोक्सानीमा भएका करदाताले कानुनतः अनुमानित कर विवरण बुझाउनु पर्दैन ।

कानूनतः अनुमानित कर विवरणको आधारमा करदाताले आफुले बुझाउनुपर्ने किस्ताबन्दिमा कर दाखिला गर्नुपर्दछ । उदाहरणको लागि,कुनै करदाताले करयोग्य आय एक लाख देखायो भने त्यसको चालिस प्रतिसतले हुने रकम अर्थात चालिस हजार पौष मसान्त भित्र बुझाउनु पर्दछ । यदि आफ्नो अनुमानित कारोबारमा परिबर्तन हुने भएमा कानूनतः फेरी परिबर्तित अनुमानित कर विवरण बुझाउनु पर्दछ तर व्यबहारमा यो परिबर्तित विवरण बुझाउने चलन खासै छैन ।

अनुमानित कर विवरण नबुझाएमा के हुन्छ ?
अनुमानित कर विवरण नबुझाएमा कर अधिकृतले रु. २००० जरीवाना गर्न सक्दछ । हाल यो जरीवाना गर्न कर कार्यालयहरुले कडाई गर्दै लगेका छन् ।

कसरी बुझाउने अनुमानित कर विवरण ?

अहिले आन्तरिक राजस्व विभागले अनुमानित कर विवरण अनलाईनबाटै बुझ्ने व्यबस्था गरेको छ । अनलाईनबाट विवरण बुझाउने तरिका विस्तृतमा तल प्रस्तुत गरिएको छ ।

सबै भन्दा पहिले, आन्तरिक राजस्व बिभागको वेबसाइटमा जानुहोस । तलको जस्तो पेज देख्नुहुन्छ । त्यसपछि, तल रातो घेरा लगाएको Taxpayer Portal मा क्लिक गर्नुहोस ।

त्यसपछि, तलको जस्तो पेज देख्नुहुन्छ । यो पेज खुलेपछि बायाँतर्फ रहेको, Estimated Return को + मा क्लिक गर्नुहोस । तल देखिएजस्तो,  Estimated Return Entry मा क्लिक गर्नुहोस ।

त्यसपछि, खुल्ने तलको जस्तो पेजमा आवश्यक पर्ने विवरणहरु भर्नुहोस् र Register बटममा क्लिक गर्नुहोस ।

त्यसपछि, तल देखिए जस्तो पेज खुल्दछ । सो पेजमा रहेको Proceed बटममा क्लिक गर्नुहोस । त्यहाँ देखिएको सब्मिसन नम्बर आफुसंग सुरक्षित राख्नुहोस, भबिष्यमा काम लाग्छ । 

Proceed बटम थिचेपछी तलको जस्तो पेज खुल्छ । त्यसपछि बायाँ तर्फ रहेको "अनुमानित करको प्रकार" मा Estimated Tax Return छान्नुहोस् ।

त्यसपछि त्यहि पेजमा तल झर्नुहोस र आबश्यक बिबरण भर्नुहोस् ।
१. आगामी आय बर्षमा हुने अनुमानित कुल बिक्रि रकम हाल्नुहोस ।
२. आगामीआय बर्षमा हुने अनुमानित कुल खर्च रकम हाल्नुहोस ।
३. दफा ११ र ६४ बमोजीम छुट हुने रकम हाल्नुहोस ।
४. आगामी बर्षको कुल आम्दानी वा नोक्सानी आफै देखिन्छ ।
५. अन्य ब्यबसायको कुनै आम्दानी भए त्यो नि उल्लेख गर्नुहोस ।
६. "४" र "५" को जोड बाट आफै निर्धारणयोग्य आय आउदछ ।
७. आगामी बर्ष दिने अनुमानित चन्दा रकम हाल्नुहोस ।
८. यदि करदाता प्राकृतिक व्यक्ति भएमा, स्वीकृत अवकास कोषमा गर्ने योगदानको रकम समेत भर्नुहोस् ।
९. अब, आफै करयोग्य आय आउछ ।
१०. माथिको कर योग्य आयमा तपाइलाइ लाग्ने कर कति हुन्छ, त्यो गणना गरेर भर्नुहोस् ।
११. तपाईलाइ अरुले भुक्तानी गर्दा कर कट्टा कति हुन्छ त्यसको अनुमान पनि भर्नुहोस्  ।
१२. अन्त्यमा, तपाइले श्रोतमा कट्टी गरे बाहेकको रकम किस्ता रकमको रुपमा उल्लेख गर्नुहोस ।

माथिको विवरण भरिसकेपछी, तपाइले अहिले पुस मसान्त भित्र जम्मा गर्नु भएको कर रकमको बिस्तृत विवरण तलको टेबलमा हाल्नुहोस  ।

त्यसपछि, तल चित्रमा देखाए जस्तै सुरुमा Save बटम क्लिक गर्नुहोस, त्यसपछि Submit बटममा क्लिक गरुहोस  ।
त्यसपछि, यदि तपाइसंग Taxpayer Login को User Name Password कर कार्यालयबाट लिनु भएको छ भने बायाँ तर्फ रहेको General + मा क्लिक गरि Taxpayer Login मा क्लिक गर्नुहोस । अन्यथा, त्यो बुझाएको विवरण प्रिन्ट गरि कर कार्यालयमा लागि Verify गराउनुहोस् ।
आफैले Verify गर्न Taxpayer Login भित्र गइ Username र Password भरि भित्र छिर्नुहोस ।

त्यसपछि तल देखाएझैँ Verification मा क्लिक गर्नुहोस ।

त्यपछि तल फोटोमा देखाएझैँ पेज देखिन्छ । त्यसको Module मा गइ Estimated Return Entry मा क्लिक गर्नुहोस ।

Submission No. लेख्ने स्थानमा अघि सुरुमा टिपेको नम्बर हाल्नुहोस र तल देखाएझैँ  Verify बटममा क्लिक गर्नुहोस, तपाइँले आफ्नो अनुमानित कर विवरण सफलतापुर्बक पेस गर्नु भयो र जरिवानाबाट बच्नु भयो । यसरी, बिबरण बुझाइसकेपछी तपाई कर कार्यालय बिबरण बुझाउन जानु पर्दैन, करको किस्ता रकम बुझाउन गए मात्र हुन्छ ।

 

Social Links