किस्तावन्दि करको गणना कसरी गर्ने ?

किस्ताबन्दिमा कर गणना गर्नलाई सबैभन्दा पहिले तपाईको चालु आ.ब.को आय अनुमान गर्नुपर्दछ । आय अनुमान गरिसकेपछि, त्यसमा लाग्ने कर रकम निर्धारण गर्नुपर्दछ । त्यसरी आएको कर रकमलाई निम्नानुसारले हिसाब गरि किस्ताबन्दिमा कर तिर्नुपर्दछ ।

पौष मसान्तमाः
कुल अनुमानित करको ४० प्रतिशतले रकम मध्येबाट बुझाईसकेको रकम घटाई बाँकी रकम भुक्तानी गर्नुपर्दछ ।

चैत्र मसान्तमाः
कुल अनुमानित करको ७० प्रतिशत रकम मध्येबाट बुझाईसकेको रकम घटाई बाँकी रकम भुक्तानी गर्नुपर्दछ ।

आषाढ मसान्तमाः
कुल अनुमानित करको १०० प्रतिशत रकम मध्येबाट बुझाईसकेको रकम घटाई बाँकी रकम भुक्तानी गर्नुपर्दछ ।

उदाहरणको लागि कुनै कम्पनीको आर्थिक बर्ष २०७४।७५ को अनुमानित करयोग्य आय रु. १ करोड रहेछ । त्यस कम्पनीलाई लाग्ने करको दर २५ प्रतिशत रहेछ भने, उसको आर्थिक बर्ष २०७४।७५ को लागि लाग्ने कुल कर रकम रु. २५ लाख भयो ।

पौष मसान्तमा सो कम्पनीले २५ लाखको ४० प्रतिशतले हुने रकम रु. १० लाख किस्तावन्दि करको रुपमा कर कार्यालयमा पेश गर्नुपर्दछ ।

त्यस्तै, चैत्र मसान्त भित्रमा सो कम्पनीले २५ लाखको ७० प्रतिशतले हुने रकम रु. १७.५० लाख रकममध्ये हालसम्म कम्पनीले बुझाएको कर १० लाख र अन्य पार्टीले यस कम्पनीको काटेर कर कार्यालयमा बुझाएको कर मानौ २ लाख रहेछ भने सो समेत घटाई रु. ५.५० लाख यस चैत्र मसान्तमा सम्बन्धित कम्पनीले कर कार्यालयमा बुझाउनु पर्दछ ।

Social Links