काठमाडौंका घरभेटीले बहाल करमा २५ हजार रुपैयाँसम्म छुट पाउने


काठमाडौं महानगरपालिका क्षेत्र भित्रका घरभेटी (घरधनी)हरुले बहाल करमा २५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन्।काठमाडौं महानगरपालिकाले आवासीय प्रयोजनका लागि घर बहालमा लगाउने लगाउने करदातालाई आगामी आर्थिक वर्षमा २५ हजार रुपैयाँसम्म छुट दिने भएको छ। 
 

महानगरको नवौं नगर अधिवेशनमा बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले कोभिड १९ महामारीबाट प्रभावित कारदातालाई विशेष कर छुट दिइने बताएका हुन्। 

शाक्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा बहालमा बस्नेहरुको लगत र सम्झौता वडा कार्यालयमा पेस गर्ने घर धनीहरुलाई घरबहाल करमा १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, सोही रकम बराबर छुट दिइने उल्लेख छ। 

सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

‘बहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर बहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ । यस कार्यका लागि निजी क्षेत्र समेत परिचालन गरिनेछ,’ नीतिमा भनिएको छ ।

महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। 

कोभिड–१९ बाट प्रभावित व्यवसायहरु (जस्तै होटल, पर्यटनलगायतका क्षेत्र) लाई उल्लेख्य छुट दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।  

(यो समाचार  नेपाललाइभ ३ असार २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links