NMB Bank

Nepal Life Insurance

राजस्व लक्ष्य पु-याउन सामान लिलामीदेखि राजस्व नीति संशोधन गर्नेसम्म सरकारकाे तयारी

काठमाडौं – चालू आर्थिक वर्षको पहिले ६ महिनामा लक्ष्यभन्दा २७ अर्ब कम राजस्व भएपछि सरकारले लक्ष्य भेटाउन विकल्प खोज्न थालेको छ । पुस मसान्तसम्ममा ४ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ४ खर्ब २ अर्ब रुपैयाँमात्रै संकलन भएको थियो ।

अहिलेकै अवस्थामा राजस्व संकलनको लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएपछि केही विकल्पका आधारहरु खोजेर भए पनि लक्ष्यअनुसार राजस्व असुली गर्न प्रभावकारी उपाय अबलम्बन गर्ने तयारीमा अर्थ मन्त्रालय पुगेको छ । यद्यपि तय गरिएका आधारहरुबाट समेत लक्ष्य भेटाउन कठिन भएमा वा नपुग्ने अवस्थ सिर्जना भएमा चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत राजस्वको लक्ष्य संशोधन गर्ने मनस्थितिमा सरकार पुगेको स्रोतको दाबी छ ।

यस अघिका वर्षहरुमा आर्थिक वर्षको पुस मसान्तसम्म यति धेरै ‘ग्याप’ हुँदैनथ्यो, यसपटक मध्यावधिसम्म २७ अर्बको ग्याप छ यस्तो अभ्यासले लक्ष्य भेटाउन कठिन भयो, त्यसैले पनि सरकारले यो लक्ष्य भेटाउन थप गृहकार्य गर्न लागिएको हो,’ स्रोतले भन्यो । यो समाचार निरु अर्यालले कारोबारमा लेखेकी छन् ।

यो समाचार  इताजाखबर डटकम बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links