सरकारको आय : अन्य प्राप्ति ३७३ प्रतिशत वृद्धि, शिक्षा सेवामा ४५ प्रतिशत ह्रास

कोरोना महामारी र फैलावट रोक्ने प्रयासस्वरूप गरिएको बन्दाबन्दीको कारण गत वर्ष सरकारको आय निकै प्रभावित भयो । आन्तरिक ऋणबाहेकका सबै लक्ष्य फेल भए ।

राजस्वमा सबेभन्दा धेरै योगदान रहेको भन्सार अन्तशुल्क र मूल्य अभिवृद्धकर घट्यो । तर, सरकारको अन्य कोषमा रहेको रकम सरकाको खातामा तानेर फर शीर्षकमा जम्मा गरिएको रकम तानरे पनि राजस्वको स्रोत देखाएको छ । राजस्व र अन्य प्राप्तिको समेत तुलना गर्ने हो भने गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा ०.२० प्रतशिले बढेको छ ।

सामान्यतय १/२ अर्ब रुपैयाँको देखिने अन्य प्राप्तिलाई राज्स लक्ष्य पूरा गर्ने नाममा सरकारले विभिन्न कोषको रकम तानेर आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ४ करोड पुर्‍याएको थियो ।

गत वर्ष थप ३७३ प्रतिशतले वृद्धि भएको देखाएको छ । गत सञ्चित कोषमा अन्य प्राप्तिबाट ४७ अर्ब ५७ करोड ५५ लाख रुपैया जम्मा भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार गत वर्ष अन्य प्राप्ति, आयकर र अन्यकर शीर्षकको राजस्व बढेको छ भने समग्र मूल्य अभिवृद्धिकर ७.२६ प्रतिशतले घटे पनि आन्तरिक उत्पादन केन्द्रित भने ९.७२ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा १ खर्ब ९४ अर्ब रुपैयाँ मात्रै उठेकोमा गत वर्ष बढेर २ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । आयकरको बृद्धि १३ प्रतिश रहेको छ ।

त्यस्तै, अन्य कर आर्थिक वर्ष २०७५/७६ मा १४ अर्ब ८३ करोड रुपैयाँ प्राप्त भएकोमा गत वर्ष १५ प्रतिशतले बढेर १७ अर्ब ९ करोड उठेको छ ।

रकमगत आधारमा सबैभन्दा बढी गिरावट भन्सार महसुलमा देखिएको छ भने प्रतिशतको आधारमा शिक्षा सेवा शुल्क देखिएको छ । भन्सार महसुल २२ अर्ब घटेको छ । शिक्षा सेवा शुल्क अघिल्लो वर्ष उठेको आधारमा आधार मात्रै उठेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा १ खर्ब ५५ अर्बको भन्सार महसुल उठेकोमा गत वर्ष १ खर्ब ३७ अर्ब मात्रै उठेको छ ।

मूल्य अभिवृद्धिकर अघिल्लो आर्थिक वर्ष २ खर्ब ४१ अर्ब रुपैयाँ उठेकोमा आर्थिक वर्ष २०७६/७७ मा ७ प्रतिशतले कमी आई २ खर्ब २४ अर्ब रुपैयाँ उठेको छ ।

अन्तःशुल्क आर्थिक वर्य २०७५/७६ मा १ खर्ब २१ अर्ब रुपैयाँ उठेकोमा पछिल्लो आर्थिक वर्षमा १ खर्ब रुपैयाँ उठेको छ भने गैर कर करिब ७ अर्ब रुपैयाँले घटेर ९३ अर्ब ७२ करोड उठेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा कर राजस्व ७ खर्ब २९ अर्ब रुपैयाँ उठेकोमा गत आर्थिक वर्षमा ७ खर्ब रुपैयाँ उठेको छ । शिक्षा शेवा शुल्कबापतको रकम आर्थिक वर्ष २०७५/७६ को मा १ अर्ब ७ करोड रुपैयाँ उठाएकोमा गत वर्ष ५८ अर्ब रुपैयाँ उठेको छ ।

अर्थ मन्त्रालयले मुख्यतय आयातमा आएकमो कमी सरकारले दिएको छुट र अन्तिम ४ महिनामा व्यापार व्यवसायमा आएको कमीको कारण गर्त वर्ष लक्ष्यअनुसारको राजस्व प्राप्त हुन नसकेको जनाएको छ ।

(यो समाचार  शिलापत्र २४ श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links