अब बिल विजक सफ्टवेयरमा दर्ता गरेरमात्र सामान ओसार पसार गर्न पाइने


काठमाडौं, भदौ २ । राजस्व अनुसन्धान विभागले अब सामान ओसार पसार गर्दा अर्थात एक ठाउँबाट अर्को ठाउँका लैजादा बिल विजक दर्ता गरेरमात्र लैजान पाउने व्यवस्था गर्न लागेको छ ।

व्यवसायीहरूले सामानको असली बिल लुकाउने, च्यात्ने तथा राजस्व प्रशासनलाई झुक्याउने काम गरेकाले सामानको बिल अनलाइनमा अनिवाय दर्ता गर्नुपर्ने व्यवस्था गर्न लागिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

‘यो व्यवस्थापनका लागि हामी आन्तरिक सफ्टवेयरको विकास गर्दै छौं’, उनले भने–‘सफ्टवेयरको विकासपछि विभागले विकास गरेको सफ्टवेयरमा बिल इन्ट्री नगराई वस्तु ओसारपसार गरेमा कारबाही हुन्छ ।

‘यसका लागि हामी क्युआर कोर्डको विकास गर्छौ,’ उनले भने–‘यो कोर्डमार्फत सम्बन्धित व्यवसायी तथा विभाग प्रशासनले जानकारी लिन सक्छ ।’ बिल विजक जारी भएको केन्द्रीय तथ्यांक प्रणालीमा देखा पर्दछ ।

अहिले व्यवसायीले आफूले खरिद गरेको सामान अर्को ठाउँमा पु¥याउँदा बिल हराएको, च्यातिएकोजस्ता वहान बनाउँदै राजस्व छल्ने काम गरेका छन् । यसो भएपछि प्रशासनले चाहेको ठाउँमा बिल र सामानको ट्याली गर्न पाउने भएकाले पनि यसबाट राजस्व चुहावट नियन्त्रण हुने बताइएको छ ।

यसले करको दायरा फराकिलो बनाउनुका साथै बिल विजक जारी हुने बित्तिकै अनलाइनमा दर्ता गर्नुपर्ने भएकोले राजस्व ढाट्ने तथा छल्ने प्रवृत्तिको अन्त्य हुने महानिर्देशक मैनालीले बताए ।

हुनत अहिले पनि सामान खरिद गर्दा जारी भएको बिल सामानसँगै लिएर हिड्नुपर्ने व्यवस्था छ । तर, यसको प्रभावकारीता त्यति देखिएको छैन । बिल विजक सफ्टवेयरमा इन्ट्री गर्नुपर्ने भएपछि बिल विजक च्यातेर फाल्ने प्रवृत्तिको अन्त्य हुने मैनालीले बताए ।

साथै विभागले चालू आवमा राजस्व छलि हुने जोखिमका क्षेत्रहरूको पहिचान गर्नेछ । राजस्व चुहावटका सूचनाको खोजी गर्ने, यस विषयमा अध्ययन अनुसन्धान र विश्लेषण गर्ने भएको छ ।

‘भन्सार कार्यालयबाट ठूला अंकमा राजस्व चुहावट हुने गरेको भन्दै उनले भने ‘एउटै ट्रकबाट एक करोड रुपैयाँसम्मको राजस्व छलि भएको छ ।’ ब्रान्डेड सामान कम मूल्यमा भन्सार मूल्यांकन भएको छ । यस्ता सामानको कम मात्र राजस्व तिर्ने तथा उस्तै परे तिदै नतिर्ने संस्कार व्यवसायीमा देखियो’, उनले भने–‘कतिपय सामानमा भने ब्रान्डेड सामानको लोगो लगाएर उपभोक्ता ठग्ने काम समेत भएको छ ।’

यो समाचार  आर्थिकन्यूज डटकम  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links