बजेटमार्फत आधा दर्जन बढी वस्तुको आयात पूर्ण रुपमा रोक, केहीमा भन्सार बढाइँदै


काठमाडौं ।  स्वदेशी उद्योगबाट उत्पादन भइरहेका वस्तु पनि भारतलगायत तेस्रो मुलुकहरुबाट ठूलो परिमाणमा आइरहेपछि सरकारले त्यस्ता वस्तु आयातमा पूर्ण रुपमा रोक लगाउने भएको छ । 

केही समयअघि महँगा गाडी, सुन, काजु, पेस्तालगायतका वस्तुको आयातमा पूर्ण रुपमा रोक लगाएको सरकारले अब दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सामाग्री आयातमा रोक लगाउने तयारी थालेको हो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यस्ता वस्तुको सूची तयार पारिरहेको छ ।  कुन कुन वस्तुको आयात रोक्ने भन्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 

‘अहिलेसम्म कुन कुन वस्तुको आयात रोक्ने भन्ने टुङ्गो लागिसकेको छैन्,’ वाणिज्य मन्त्रालयका एक अधिकारीले क्यापिटल नेपाललाई भने, ‘स्वदेशमा उत्पादन भइरहेका तर, विदेशबाट आइरहेका वस्तु पूर्ण रुपमा रोक्न सकिने विषयमा छलफल भइरहेको छ ।’ 

अहिले वाणिज्य मन्त्रालयले एचएस कोर्डमार्फत काम गरिरहेको छ । आगामी बजेटमा उक्त सूची समावेस भएर आउने छ । मन्त्रालय स्रोतका अनुसार केही वस्तुको सूची तयार भइसकेको छ भने केही वस्तुको सूची तयार पार्ने काम भइरहेको छ । 

उद्योगीले लामो समयदेखि स्वदेशमा उत्पादन सम्भव भएका वस्तुको आयात पूर्ण रुपमा रोक लगाउन माग गर्दै आएका थिए । बजारमा मूल्यमा कुनै काटेलिङ नगर्ने तर, सरकारले त्यस्ता वस्तु आयात रोक्नुपर्ने आवज उठाइरहेका थिए । 

त्यही भएर सरकारले ७० देखि ८० प्रतिशत आत्मनिर्भर भएका वस्तुको उत्पादन पूर्ण रुपमा रोक्ने तयारी गरेको छ । त्यस्ता वस्तुको आयात रोक्ने बित्तिकै उद्योगीले २० देखि ३० प्रतिशत क्षमता बढाउने र नेपालको माग धान्ने सकिने मन्त्रालयको अनुमान छ । 

स्वदेशी उद्योगले उत्पादन गरेको वस्तु बजारमा बिक्री नहुने तर, कम भन्सार मूल्याङ्कनमा ठूलो परिमाणमा त्यस्ता वस्तु भित्रिरहने भइरहेको त्यस्ता वस्तुको आयाता रोक्ने तयारी भएको ती कर्मचारीले बताए । 

यसले एकातिर स्वदेशी उद्योगको उत्पादन खपत हुन्छ भने अर्कोतिर उद्योगले थप क्षमता विस्तार गर्ने र त्यहाँबाट ठूलो संख्यामा रोजगारी सिर्जना हुने सरकारले अनुमान पनि गरेको छ ।

स्वदेशमै उत्पादन हुने अधिकांश वस्तु कम भन्सारमा नेपाल भित्रिरहेपछि सरकारले त्यस्ता वस्तुको पहिचान गरेर पूर्ण रुपमा रोक लगाउने तयारी गरेको हो । 

नेपालको उत्पादन लागत केही महँगो भएकाले संस्तोमा विदेशबाट त्यही सामान आउने र नेपालका उद्योग धरायाही हुने अहिलेको अवस्था हो ।  

त्यसैगरी सरकारले कही वस्तुमा भन्सार पनि वृद्धि गर्ने भएको छ । एकातिर आयात पूर्ण रुपमा रोक लगाउने र आयात रोक्न नमिल्ने वस्तुम कर बढाउने वित्तिकै नेपाली उद्योगलाई ठूलो संरक्षण हुने मन्त्रालयको बुझाइ छ । 

खासगरी, कपडा, जुत्ता, धागोलगायत सामग्री अहिले पनि सस्तो भन्सार दरमा नेपाल भित्रिरहेका छन् । ती वस्तुमा सरकारले भन्सार बढाउने तयारी गरेको छ । 

कपडा उद्योगीले नेपालको माग धान्ने गरी कपडा उद्योग नेपालमा रहेका पनि कम भन्सार दरमा कपडा विदेशबाट भित्रिँदा आफूहरु अप्ठयारोमा परेको बताउँदै आएका थिए । 

त्यसैगरी जुत्ता उद्योगीको पनि समस्या एउटै थियो । त्यही भएर यी क्षेत्रमा सरकारले ब्यापक कर बढाउने सम्भवाना छ । 

(यो समाचार  क्यापिटल नेपाल मा , ११ जेष्ठ २०७७ प्रकाशित लेख बाट  साभार  गरिएको  हो  । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links