कर छुट प्रमाणपत्र नविकरण नगर्दाको असर महासंघलाई


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तीन वर्षदेखि कर छुटको लागि नविकरण नगर्दा समस्या देखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कर छुट प्राप्त गर्ने संस्था हो । महासंघले कर छुटका लागि नविकरण नगरेको कारण अहिले समस्यामा परेको छ ।
आयकर ऐनमा कर लाग्ने र कर नलाग्ने भनेर संस्थाहरु छुट्याएको हुन्छ । खेलकुद, धार्मिक, परोपकारी संस्थाहरुलाई कर नलाग्ने भएको छ । तर, कर नलाग्ने भन्दैमा ती संस्थाले गर्ने सबै आम्दानीमा कर नलाग्ने भन्ने हुँदैन ।
महासंघले पनि सदस्यताबाट पाउने शुल्क कर छुटको आम्दानी हो । तर, महासंघले हरेक वर्ष भृकृटीभण्डपमा गर्ने मेला भने कर छुटको आम्दानी होइन ।
महासंघले सदस्यता, चन्दा, सहयोगमार्फत प्राप्त हुने कर नलाग्ने रकमको प्रत्येक वर्ष छुटको प्रमाणपत्र लिनुपर्ने हुन्छ । तर महासंघले विगत ३ वर्षदेखि नविकरण गरेको छैन ।
यसरी ३ वर्षदेखि कर छुट नहुँदा कर छुट पाउने रकमको समेत अब कर बुझाउनुपर्ने अवस्था महासंघलाई आएको छ । र, अहिले नविकरण नहुँदा समस्या सिर्जना भएको छ ।

(यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन , र यसको पूर्ण पाठको लागि यहाँ क्लिकगर्नुहोला  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links