सेयर कारोबारको पूँजीगत लाभकरलाई नै अन्तिम करको मान्यता, कर कार्यालयलाई सर्कुलर जारी गर्दै अर्थमन्त्रालय


बिजखबर संवाददाता
काठमाडौं । सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिईने भएको छ । लामो समयदेखि लगानीकर्ताले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न माग गर्दै आएकोमा हाल आएर अर्थमन्त्रालय उक्त विषयमा सहमत भएको हो । हाल सेयर कारोबारमा लाग्दै आएको पूँजीगत करलाई नै अन्तिम करको रुपमा मान्यता दिइएको अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । ‘यस पटकको बजेटमै पूँजी बजारलाई प्रोत्साहन दिन कर सहुलियत दिने भनिएको थियो,’ उनले भने, ‘सोही अनुरुप अर्थ मन्त्रालयले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत करलाई नै अन्तिम करको मान्यता दिएको हो ।’
उक्त करलाई अन्तिम करको मान्यता दिनेगरी आन्तरिक राजस्व विभागलाई पत्रचार गर्ने निर्णय भएको समेत उनले जानकारी दिएको छ । यस अघि कर कार्यालयलहरुले पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा मान्यता नदिएका कारण लगानीकर्ताहरुलाई कर चुक्ताको प्रमाणपत्र निकाल्न समस्या भएको थियो भने यसले थप अन्यौलता सिर्जना गरेको थियो । बेलाबेलामा उठ्ने करको विषयले सेयर बजारमा समेत उतारचढाव ल्याउँदै आएको थियो । सेयर बजार बढ्दा नियाकम निकाय वा कर प्रशासनले करको विषय उठाउँदा बजारमा नकारात्मक प्रभाव पर्ने गरेको थियो । तर अब सरकारले नै पूँजीगत करलाई नै अन्तिम करको मान्यता दिएपछि बजारलाई दिगो रुपमा अघि बढाउन थप सहज हुने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

(यो समाचार बिजखबर २०७७ जेठ ३२ (June 14, 2020) मा प्रकाशित मा,लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links