झुट्टा एवम् नक्कली भ्याट बिल र त्यसको कर परिक्षण

भ्याटमा दर्ता भएको व्यक्तिले आफ्नो कर लाग्ने कारोवारसंग सम्बन्धित वस्तु वा सेवा खरिद गर्दा तिरेको भ्याट आफुले बिक्री बाट उठाएको कर सँग  कट्टी गर्न पाउने कानूनी व्यवस्था छ।  त्यसरी कर कट्टी लिन नेपाल भित्र खरिद गरिएको भए कर बीजक देखाउनु अनिवार्य हुन्छ। यसै अन्तर्गत झुट्टा एवम् नक्कली खरिद बीजक बनाई कर कट्टी लिने व्यवहार अझै पनि हामी सुनि रहेका हुन्छौ। 
कहिले कतै दर्ता नै नभएको फर्म वा कम्पनीको कर बीजक, त कहिले कारोबारसँग सम्बन्धित नै नभएको सामानको खरिदको बीजक, त कहिले खरिद नै नगरेको सामानको बीजक देखाई कर कट्टी लिने प्रयास गरिएको पनि देख्नमा सुन्नमा आउँछ ।  त्यसैगरि मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई बिक्री बीजक मात्र जारी गर्ने गरेको पनि पाइन्छ। 
सतप्रतिशत जरिवाना र जेल कैद सम्म पनि हुन सक्ने कानूनी व्यवस्था हुँदा हुँदै पनि करदाताले झुट्टा वा नक्कली कर बीजक प्रयोग गरि गैर कानून रुपमा कसरी भ्याट छली गर्न प्रयत्न गर्छन ? कर परिक्षणको दौरान कर परीक्षकले कुनै बीजक झुट्टा वा नक्कली हो भन्ने निस्कर्ष निकाल्न के कस्ता आधार र प्रमाणहरु पर्याउनु पर्छ ? के कस्ता प्रमाणहरु मात्र अदालतको लागि स्वीकार्य हुन्छ ?  र साथै  के कुरा हेर्नु अनिवार्य हुन्छ ? भन्ने सवालमा सर्बोच्च अदालतबाट भएको यो मुद्दाको फैसलाले स्पष्टता ल्याएको देखिन्छ।  

Social Links