'केजिएफ' स्टार यशको निवासमा आयकर विभागको छापा - कर छलिको आशंका

भारतीय राज्य कर्नाटकको आयकर विभागले हाल 'केजिएफः च्याप्टर वान' सिनेमाबाट ठूलो चर्चा बटुलिरहेका कन्नड अभिनेता यशसहितका चर्चित कलाकार तथा निर्माताहरूको घरमा छापा मारेको छ।

कर्नाटक अधिकारीहरूका अनुसार उनीहरूले कन्नड सिनेमासँग सम्बन्धित व्यक्तिका करिब २५ स्थानमा बिहिबार बिहानै छापा हानेका हुन्।

विभागले यशसँगै अभिनेता पुनिथ राजकुमार, शिवराज कुमार, सुदिप तथा निर्माताहरू रोकलाइन वेङ्कटेस, सिआर मनोहर, विजय किरगन्दुर लगायतका निवासमा छापा हानेको हो।

छापापछि यशले सरकारले आफ्नो काम गरिरहेको प्रतिक्रिया दिएका छन्। उनले आफू पूर्णतया सम्भावित नतिजाबाट सुरक्षित रहेकाले छापाबाट डराउनुपर्ने  कुनै कारण नभएको जनाएका छन्।

छापा हान्दा अभिनेता यश घरमा थिएनन्। उनी सिनेमा प्रचारका लागि अर्को शहर गएका थिए।

आयकर विभागले छापा मारिएका स्थानबाट ल्याटपसहित कागजपत्र जाँचका लागि आफूसँगै लगेका छन्।

दिसेम्बर २१ मा रिलिज भएको यशको सिनेमा 'केजिएफ'ले हालसम्म विश्वव्यापीरूपमा १५० करोड भारूमाथिको कमाइ गरिसकेको छ।

त्यस्तै अर्का अभिनेता सुदिपले आफू 'क्लिन' रहेकाले छापालाई अन्यथा नलिएको जनाएका छन्। उनले सरकारलाई सहयोग गर्ने बताए। यसैगरी छापा हानिएका पुनिथ राजकुमार र शिवराजकुमार सुपरस्टार दाजुभाइ हुन्।

यो समाचार  सेतोपाटी डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन ।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links