NMB Bank

Nepal Life Insurance

‘सामाजिक सुरक्षामा रहेको दोहोरो कर हट्नुपर्छ’

काठमाडौं । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनः ध्यानाकर्षण गराएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीसँगको छलफलमा आइतबार परिसंघका अध्यक्ष सतिश मोरले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि  थप पहल लिन आग्रह गरेका हुन् ।
 

अध्यक्ष मोरले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव यसअघि नै पेस गरे पनि त्यसअनुसार समस्या समाधान नभएकाले थप पहल आवश्यक रहेको बताए । 

अध्यक्ष मोरले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा छिटो निर्णयमा पुग्न आवश्यक रहेको प्रस्ट पारे ।

सामाजिक सुरक्षाका अलावा आन्तरिक तथा बाह्य क्षेत्रमा रोजगारीका अवसर सृजनामा सरकारसँग थप सघन सहकार्यका लागि परिसंघ तयार रहेको उनले बताए ।

सो अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवालले परिसंघले दिएका सुझाव कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा ग्यारेन्टी हुने र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने विश्वास व्यक्त गरे ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसीले परिसंघका सुझावबारे मन्त्रालय गम्भीर रहेको र कार्यक्रमलाई प्रतिफलमुखी बनाउँदै जान पहल भइरहेको जानकारी दिए । 
श्रम सचिव केसीले श्रम बजारलाई व्यवस्थित गर्न तथा रोजगारीको अवसर सृजना गर्न परिसंघसँगको सहकार्य बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि पनि परिसंघले सामाजिक सुरक्षा तथा श्रमसँग जोडिएका विषयमा रोजगारदाता तथा श्रमिकका सुझाव समेटेर परिसंघले श्रम मन्त्रालयमा सुझाव प्रतिवेदन पेस गरेको थियो ।

बाह्रखरी

(मिति  २०७६ मंसिर २९ आइतबार, बाह्रखरी मा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं  बाह्रखरी को यो  लिंकमा गई पढ्न सकिनेछ । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links