नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता

२१ फागुन, काठमाडौं । नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ । दुबै दशेको मन्त्रिपरिषद बैठकले पारित गरेपछि मंगलबार अर्थमनत्रालयमा कर उन्मुक्ति सम्झौतामा हस्ताक्षर भयो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले सम्झौतामा हस्ताक्षर गरे ।
 

यो सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को दशेमा बसेर आर्जन गरेको सम्पत्तिमाथि सोही देशमा मात्रै कर तिर्दा हुन्छ । नेपाल बसेर आय आर्जन गर्ने बंगलादेशीले नेपालमा कर तिर्दा हुन्छ भने बंगलदशेमा बसेर आय गर्नेले उतै आय कर तिर्दा हुन्छ ।

एउटा देशमा मात्रै कर लगाउँदा लगानीकर्ता र व्यवसायीलाई लगानीका लागि उचित वातावरण तयार हुन्छ । यस्तो सम्झौता नभए आफ्ना देशका नागरिकले विदेश बसेर गरेको आर्जनमा पनि सरकारले आय कर दावी गर्न सक्छ ।

यसले लगानीकर्तालाई दोहोरो कर तिर्नुपर्ने हुन्छ । यसैकारणबाट लगानीकर्ताहरु लगानी लिएर नआउने सम्भावना बढी हुन्छ ।

पछिल्लो समयमा बंगलादशेबाट पनि नेपालमा कम्पनीहरु भित्रिन थालेका छन् । लगानी लिएर आउने लगानीकर्ताहरुलाई यस्तो सम्झौताले आत्मबल र प्रेरणा दिने सरकारको अपेक्षा छ ।

कंगलादेशसँग यस्तो समझौता गर्ने समझदारी २०७१मै भएको थियो । २०५४ सालबाट दोहोरो कर उन्मुत्तिक्त सम्झौता गर्न दुई सरकारबीच कुराकानी सुरु भएको थियो । तर, लामो समयसम्म यसमा सहमति भएको थिएन ।

यो सम्झौतापछि नेपाल आउन चाहाने बंगलादेशी बहुराष्ट्रिय कम्पनीलाई सहज हुनेछ । नेपमालले यसअघि १० देशसँग यस्तो समझौता गरिसकेको छ । बंगलादेश दोहोरो कर उन्मुक्ति सम्झौता भएको ११औं मुलुक हो ।

नेपालले भारत, चीन,  कोरिया, नर्वे, थाइल्यान्ड, श्रीलंका, मरिसस, अस्टि्रया, पाकिस्तानसँग पनि यो सम्झौता गरेको छ । यसबाहेक अमेरिका, जापान, मलेसिया, सिंगापुर, क्यानडा, ब्राजिल लगायत मुलुकसँग सम्झौतागर्न दुई पक्षीय छलफल भएको छ ।

यो समाचार  अनलाइनखबर डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links