कर प्रणालीमा सुधार गर्न माग

काठमाडौं, (नेस)
नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वले प्रतिनिधिसभाको अर्थ समितिका सभापतिलाई भेटेर व्यवसायीका समस्याबारे जानकारी गराएको छ।

महासंघका केन्द्रीय सदस्य तथा सुरज आर्केड व्यापार संघका पूर्वअध्यक्ष परशुराम श्रेष्ठले व्यवसायीमैत्री वातावरण सिर्जना गरिदिनका लागि समितिसँग आग्रह गरिएको बताउनुभयो।‘हामीलाई व्यापार व्यवसाय गर्न अझै पनि केही कानुनी र व्यवहारिक अड्चन छन्, त्यसलाई सहज बनाइयोस् भन्ने माग हो। ’ श्रेष्ठले भन्नुभयो–‘व्यापारीलाई सजिलो हुने गरी कुरा गरेका होइनौं तर सरकारले नीति , नियम बनाउँदा हाम्रा पनि सवाल उठाइदिनुप¥यो।’ ज्ञापनपत्र बुझाउँदै श्रेष्ठले मूल्य अभिवृद्धि कर ९भ्याट० का कारण ग्राहकहरूलाई पनि समस्या परेको बताउनुभयो। उहाँले ७ वटै प्रदेशमा महासंघले शाखा खोलेर अन्तत्र्रिmया गर्ने पनि जनाउनुभयो। ज्ञापनपत्र बुझ्दै समिति सभापति कृष्णप्रसाद दाहालले करका विषयमा केही सुधार गर्नुपरे समितिमा सरकार र सरोकारवालासँग अन्तत्र्रिmया गर्न सकिने बताउनुभयो। ‘कर तिर्नु सबैको कर्तव्य हो तर केही त्यस्ता कानुनी समस्या भए समयानुकुल परिवर्तन गर्नुपर्छ।

’ सभापति दाहालले भन्नुभयो–‘धेरै ठाउँबाट कर तिर्नुप¥यो भन्ने जनताको गुनासो थियो अहिले भने त्यसमा कमी भएको छ, जनताले तिरेको करको सदुपयोग होस् भन्ने सबैको चाहाना हो।’ दाहालले व्यापारीले आफ्नोमात्र फाइदा होस् भन्नेतिर सोच्न नहुने भन्दै करभन्दा पनि करको दायरा बढाउन सरकार पनि लाग्नुपर्नेमा जोड दिनुभयो।

यो समाचार  newsofnepal.com  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links