पेट्रोलियम पदार्थमा असुल्दै आएको कर खारेज गर्न माग

काठमाडौं, असार २४ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नाफामा रहेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यवृद्धि गरेकोमा विरोध गरेको छ ।

निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेललाई सातबुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै संघले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको कर तत्काल खारेज गर्नसमेत माग गरिएको छ ।

भन्सार शुल्क, सडक मर्मत–सम्भार कर, पूर्वाधार विकास कर, प्रदूषण शुल्क, मूल्य स्थितिकरण कोष, मूल्य अभिवद्धि कर, संस्थागत आयकरलगायत शीर्षकमा उठाइएको रकमको औचित्यता पुष्टि गर्न माग गरिएको छ ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले जनताको चुलोमा प्रत्यक्ष असर गर्ने पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने अवसरको सदुपयोग गर्न निगमको गम्भीर ध्यानाकर्षण गरेको बताउँदै अन्यथा ‘जनता मार्ने’ निर्णयविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

‘लकडाउन’ले आम्दानी घट्नुका साथै रोजगारी गुमेको समयमा मूल्यवृद्धि अमानवीय कार्य भएकाले पूर्वअवस्थाकै मूल्य कायम गर्न माग गरिएको छ ।

लकडाउनको तीन महिनामा तीन अर्ब रुपैयाँ नाफा गरेको आयल निगमले नाफा सन्चित गरी मूल्यवृद्धि गर्नु गलत भएको संघले जनाएको छ ।

स्वचालित मूल्य प्रणाली पूर्णरूपमा पालना गर्नसमेत माग गरिएको छ ।   

(यो समाचार  इमेज खबर २४ असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links