स्थानीय तहपिच्छे कर नलगाउन माग

विदुर, १४ माघ । कवाडीका सामानमा स्थानीय तहपिच्छे कर लगाउँदा व्यवसाय नै समस्यामा परेको भन्दै नुवाकोट कवाडी सङ्घले अवैज्ञानिक कर हटाएर व्यवसायमैत्री वातावरण बनाउन माग गरेको छ ।

व्यवसायीहरु कर तिर्ने विषयमा स्पष्ट भए पनि हचुवाका भरमा निर्धारण भएको करले व्यवसायीलाई समस्यामा पारेको उनीहरुको भनाइ छ ।

सङ्घले सोमबार पत्रकार सम्मेलन गरी स्थानीय तहले निर्धारण गरेको अस्वाभाविक करका कारण कवाडी व्यवसाय समस्याग्रस्त बनेको छ भन्दै अवैज्ञानिक करलाई स्वीकार्न नसकिने स्पष्ट पारेको छ ।

व्यवसायीले नुवाकोटमा फलाम, खाली सिसी, प्लाष्टिकजन्य पदार्थ र पुरानो कागज सङ्कलन व्यवसायका कारण समग्र जिल्लाको आर्थिक समृद्धिमा समेत योगदान पुगिरहेको तथ्य नबिर्सन स्थानीय तहलाई स्मरण गराएका छन् । रासस

यो समाचार  साझापोस्ट डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links