सवारी कर बुझाउन तीन महिना म्याद थप्न माग


यातायात सेवा कार्यालयले सेवा संचालन गरेसँगै सवारी करको जरिमाना तिर्नुपर्ने भन्दै सवारी लाइसेन्स नवीकरण र कर तिर्न सर्वसाधारणको भीड लागेको छ ।

आइतबारबाट सेवा सुरु भएपछि उपत्यकाका यातायात कार्यालयले भीड व्यवस्थापन गर्न नसक्ने भन्दै कर तिर्नुपर्ने, नवीकरण गर्नुपर्ने समय ९० दिन थप्न बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई आग्रह गरेका छन् ।

सोमबार उपत्यकाका चार वटा यातायात सेवा तथा सवारी कार्यालय प्रमुखले संयुक्त निर्णय गरी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रस्ताव पठाएका हुन् ।

यातायात व्यवस्था कार्यालयका प्रमुख गोगन हमालका अनुसार निषेधाज्ञापश्चात जरिमाना लाग्ने डरले कर तिर्न तथा नवीकरण गर्न आउने सेवाग्राहीको भीड व्यस्थापनमा समस्या आएको र कोरोनाको जोखिम बढेकाले समय थप गर्न आग्रह गरिएको हो ।
लकडाउनको कारण धेरै सेवाग्राहीले आफ्नो सवारी चालक अनुमतीपत्र नवीकरण, सवारी कर तथा नवीकरणलगायतका काम गर्न नपाएपछि बागमती प्रदेश सरकारले लकडाउन सुरु भएपछि म्याद सकिएकाको लागि भदौ मसान्तसम्म कुनै पनि प्रकारको जरिमाना नलाग्ने निणर्य गरेको थियो ।

(यो समाचार  शिलापत्र ९ भाद्र २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links