उत्पादनमुलक उद्योगलाई २० प्रतिशत कर छुट दिन माग

काठमाडौं । निजी क्षेत्रले २० प्रतिशत आयकर छुट उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले अर्थसचिव शंकरप्रसाद अधिकारी र राजस्व सचिव शिशीर ढुंगानासँग सोमबार भेटी औद्योगिक व्यवसाय ऐनमा भएको व्यवस्थाअनुसार उत्पादनमूलक उद्योगका लागि दिएको आयकर सुविधा उपलब्ध गराउन माग गरेको हो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले दुवै सचिवसँगको संयुक्त भेटमा ०७३ मंसिरदेखि कार्यान्वयनमा आइसकेको औद्योगिक व्यवसाय ऐनको दफा २२ को उपदफा (१) को खण्ड (क) मा उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको २० प्रतिशतले छुट पाउने स्पष्ट व्यवस्था गरेकोले यसलाई कार्यन्वयनमा ल्याउन माग गरेको परिसंघले जनाएको छ ।

उत्पादनमूलक उद्योगले उक्त सुविधा उपभोग गर्न ई फाईलिङ अनुसार नसक्ने भएकाले सो सम्वन्धि निर्णय नहुन्जेलसम्म म्यानूअल फाईल पेश गर्न पाउने व्यवस्थाका मिलाउन परिसंघले अनुरोध गरेको छ ।

राजश्व कार्यालयले म्यानुअल फाइल समेत लिने व्यवस्था गरी आन्तरिक राजश्व विभागबाट उक्त कार्यालयलाई निर्देशन दिन परिसंघले माग गरेको छ 

यो समाचार  विकासन्युज डट काम बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links