पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय, अर्थले हिसाबकिताब निकाल्दै

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर उपभोक्तालाई राहत दिने निर्णय भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको जानकारी दिए।

उनले संसदमा बोल्दै भने-'मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएर अर्थमन्त्रालयलाई कार्यान्वयनका लागि जिम्मा दिएको छ। अर्थले हिसाबकिताब गरेर कार्यान्वयनमा ल्याउनेछ।' मन्त्रिपरिषद्ले कर घटाउन सैद्धान्तिक सहमति दिँदै अर्थमन्त्रालयलाई हिसाबकिताब गरेर तत्कालै कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो।

स्रोतका अनुसार केपीशर्मा ओली सरकारका पालामा बढेको पूर्वाधार कर र भन्सार दर घट्नेछ। केपी सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार कर प्रतिलिटर ५ र भन्सार दर १० रुपैयाँ बढाएका थिए। अहिले पूर्वाधार कर लिटरमा १० रुपैयाँ छ।

स्रोतका अनुसार तत्कालका लागि पूर्वाधार कर लिटरमा ५ र भन्सार ५  रुपैयाँ घटाउने गरि प्रक्रिया अगाडि बढाइनेछ।सरकारले पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अनुसार मूल्य समायोजन गर्दै आएको थियो। पछिल्लो दुई सातामा पेट्रोल, डिजल, मट्टितेल लिटरमा १० रुपैयाँ बढाएको थियो। अहिले पेट्रोल लिटरको १८० र डिजल तथा मट्टितेल लिटरको १६३ रुपैयाँ छ। 

चालु वर्षको जेठसम्ममा २ खर्ब ५७ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भैसकेको छ। अहिले निगमलाई पेट्रोलमा हाल १४.६४ रुपैयाँ घाटा छ पेट्रोलबाट मात्रै निगमलाई मासिक २ अर्ब घाटा छ। डिजेलमा २६.८२ रुपैयाँ घाटा ब्योहोरेर उपभोक्तालाई निगमले बेचिरहेको छ। निगमलाई डिजलबाट मात्रै मासिक ३ अर्ब ३९ करोड रुपैयाँ घाटा छ।

ग्यासमा निगमलाई एक सिलिण्डरमा ८ सय ८९ रुपैयाँ ८२ पैसा घाटा छ। ग्यासबाट मात्रै निगमलाई २ अर्ब ९२ करोड रुपैयाँ मासिक घाटा छ। मे महिनामा मात्रै निगमलाई ६ अर्ब ७१ करोड रुपैयाँ नोक्सानी छ। पछिल्लो केही महिनामै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदा निगमले जगेडा कोषमा रहेको १८ अर्ब रुपैयाँ र मुल्य स्थिरीकरण कोषको १२ अर्ब रुपैयाँ सकेर ४७ अर्ब नोक्सानी ब्योहोरिसकेको छ।
 

(यो समाचार  बिजमाण्डू १३ जेठ २०७९ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links