भन्सार अन्तरको फाइदा उठाउँदै नेपालबाट खानेतेल निकासी, निकासी रोक्न भारतीय व्यापारीको लबिङ


काठमाडौं । भारतमा खानेतेलको आयातमा भन्सार महशुल वृद्धि गरिएपछि दक्षिण एशियाली मुलुक नेपाल, बंगलादेश र श्रीलंकाबाट तेल निकासी भएपछि भारतीय उत्पादकहरुले रोक्न दबाब दिन थालेका छन्।

सोल्भेन्ट एक्स्ट्राक्टर एशोसिएशन(एसइए) अफ इण्डियाले ५ जुलाईमा लिखितरुपमै वित्त सचिवको ध्यानाकर्षण गर्दै सबै प्रकारका खानेतेललाई साफ्टा प्रावधान अन्तर्गत नकारात्मक सूचीमा राख्न दबाब दिएको छ । एसइए वनस्पतिजन्य खानेतेलको कच्चा पदार्थ उत्पादकहरुको संगठन हो । भारतले खानेतेलको आयात महशुलमा उल्लेखनीय वृद्धि गरेपनि साफ्टा सम्झौता अन्तर्गत सदस्य मुलुकले निकासी गर्दा महशुल नलाग्ने भएकोले ‘वैधानिक तस्करी‘ शुरु भएको भारतीय व्यापारीको आरोप छ ।
भारतीय सोयाबिन तेल र शुन्य भन्सारमा आयातित सोयाबिन तेल प्रति टनको मूल्यमा १६० अमेरिकी डलरको अन्तर रहेको सोयाबिन तेल प्रशोधन उद्योग एशोसिएशनका अध्यक्ष डाविस जैनको दाबी छ । बंगलादेशी र श्रीलंकाली उद्योगीले मलेशिया, इण्डोनेशिया,अर्जेन्टिना, युक्रेनलगायतका तेश्रो मुलुकबाट आयातित कच्चा पदार्थ प्रशोधन बिना नै सिधै भारत निकासी गरिरहेको आरोप भारतीय व्यापारीको छ ।

'सार्क सदस्यका लागी दिइएको सुविधाको आडमा गैर सार्क राष्ट्रले फाइदा उठाइ रहेको छ,अतुल चतुर्वेदीलाई उद्घृत गर्दै द हिन्दू विजनेश लाइनलले लेखेको छ,यसले तस्करीलाई संरक्षण गरेको छ ।' चामल,तेल दाल उत्पादक संघका एकजना पदाधिकारीले अहिलेको निकासी ‘सर्ट टर्म अपरच्युनिटी’ मात्र भएको टिप्पणी गरे ।

साफ्टाको फाइदा उठाउँदै निकासी भइरहेको छ,उनले संक्षिप्त प्रतिकृया दिंदै भने,भारतको केन्द्र सरकार चुनावी अभियानमा केन्द्रित भएकाले पनि यसतर्फ ध्यान नगएको हुनसक्छ,तर यो लामो समय कायम रहनेछैन भन्ने व्यापारीले राम्ररी बुझेका छन् ।भारतमा खानेतेलको आयातमा भन्सार महशुल वृद्धि भएपछि महशुलमा अन्तर’को फाइदा उठाउँदै नेपालबाट केही महिनादेखि तेल निकासी सुरु भएको छ ।

भारतीय व्यापारीले तेश्रो मुलुकबाट कच्चा खानेतेल आयात गर्दा चर्को भन्सार महशुल तिर्नुपर्ने भएपनि सार्क सदस्य राष्ट्र नेपाल,बंगलादेश र श्रीलंकाबाट शुन्य महशुलमै आयात गर्न पाउने सुविधा छ । सार्क सदस्य राष्ट्र मध्ये नेपाल,बंगलादेश र श्रीलंकालाई कम विकसित मुलुक(लिस्ट डेपलप्ड कन्ट्री)को रुपमा भारतले संवेदनशील सूचीमा उल्लेख गरिएको बाहेकका वस्तुको लागी शुन्य भन्सार महशुलमा निकासी सुविधा दिएको छ ।

स्वदेशी किसानलाई राहत दिन भारत भारत सरकारले खानेतेल र यसको कच्चा पदार्थ आयातलाई निरुत्साहित गर्दै पाम आयलको आयात महशुल ५९.४ प्रतिशत(अतिरिक्त महशुल समेत) र प्रशोधित सोयाबिन तेल,सूर्यमुखी तेलको आयात महशुल ४४ प्रतिशत पुर्याएको छ । यसअघि पाम र अन्य तेलमा आयात महशुल क्रमशः ३० र ४० प्रतिशतमात्र तोकिएको थियो ।
   
सन् २००२ मा परिमाणात्मक बन्देज
तेश्रो मुलुकबाट आयातित कच्चा पदार्थ तयारी उत्पादनको आवरणमा नेपालबाट हुँदै अनियन्त्रित परिमाणमा निकासी हुन थालेपछि भारतले वनस्पति घिउलाई संवेदनशील सूचीमा राख्दै परिमाणात्मक बन्देज लगाएको थियो ।

सन् २००२ मा नविकरण गरिएको नेपाल भारत द्विपक्षिय वाणिज्य सन्धीमार्फत् भारतले नेपालबाट निकासी  हुने घिउ, ऊन र तामामा परिमाणात्मक बन्देज लगाएको हो ।

उसले वनस्पति घिउ, एक्रेलिक यार्न र तामाबाट उत्पादित वस्तुको निर्यात गर्दा कच्चा पदार्थबाट तयारी वस्तु उत्पादन गर्दा अनिवार्यरुपमा ३० प्रतिशत मूल्य अभिवृद्धि हुनै पर्ने प्रावधान लागू गरेको थियो । साथै वनस्पति घिउको निर्यातमा वार्षिक १ लाख टन कोटा तोकेर परिमाणात्मक बन्देज लागू गरेको थियो ।
 
यो समाचार बिजमाण्डू डटकम  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links