इन्धनको व्यापारः निगमको नाफा १३ अर्ब, सरकारलाई ६६ अर्ब राजस्व


काठमाडौं । नेपाल आयल निगमले एक वर्षको अवधिमा करिव १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो । कोराना भाइरस(कोभिड१९)को प्रभावले इन्धन खपत कम हुँदा पनि निगमले झन्डै १३ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएको हो ।  निगमले आईतवार सार्वजनिक गरेको अन्तिम लेखा परिक्षण प्रतिवेदन अनुसार मोतिहारी अमलेखगन्ज पेट्रोलयम पाइपलाईनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका  साथै अघिल्ला वर्षको नाफा रकमको व्याज आम्दानी बढेपछि निगमको नाफा बढेको हो । 

 निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलका अनुसार व्याज आम्दानी ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्याँसमा दिदै आएको अनुदान घटेका कारण आर्थिक वर्ष २०७६÷०७७ मा निगमको नाफा बढेर १२ अर्ब ८७ करोड पुगेको हो । समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको पौडेलेको भनाई छ । पछिल्लो समय निगमले अवलम्बन गरेका सुधारका कार्यक्रमका कारण पनि नाफा बढ्न सहयोग पुगेको निगमको भनाई छ । 

निगमले आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ७५ करोड रुपियाँ नाफा कमाएको थियो । लामो समय देखि ऋणमा रहेको निगमले आर्थिक वर्ष २०७४/०७५ तीन अर्ब ५८ करोड नाफा आर्जन गरेको थियो । अन्तराष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मुल्य घट्नु र निगमले स्वचालित मुल्य प्रणाली लागु गर्दै गएपछि निगमले नाफा कमाउदै आएको छ । इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको व्याजबाट पनि नाफा बढाउँन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । १० महिनाको अवधिमा पाइपलाईनबाट डिजेल ढुवानी गर्दा १ अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै गत वर्षको नाफा रकमको बैक व्याजबाट मात्र  १ अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमको भनाई छ ।

 भण्डारण क्षमता बृद्धीदेखि दोश्रो पाइपलाइनको योजना अघि सारेको निगमले अघिल्लो वर्षको नाफा रकम विभिन्न बाणिज्य बैंकमा राखेको थियो । निगमका अनुसार नाफा रकम पुर्वाधार विकासमा खर्च गर्दै निगमलाई अघि बढाइने योजना छ । निगमले पहिलो पटक नेपाल फाइनोन्सियल रिपोर्ट स्ट्यान्र्डड(एनएफआरएस) अनुसार वित्तिय विवरण तयार पारेको हो । आर्थिक वर्ष २०७०/०७१ मा प्रतिलिटर १ सय ३४ रुपैयाँ रहेको पेट्रोलको मुल्य आव ०७६/०७७ को असार मासान्त सम्म घटेर एक सय २ रुपैयाँमा झरेको थियो । यस्तै सो अवधिमा एक सय ५ रुपैयाँ रहेको डिजेलको मुल्य घटेर ८८ रुपैयाँमा झरेको थियो । 

निगमले अन्तराष्ट्रिय मुल्य अनुसार इन्धनमा स्वचालित मुल्य अनुसार स्थानीय बजारमा मुल्य समायोजन गर्दै आएको छ । निगमले इन्डियन आयल कर्पाेरेशन (आइओसी) ले पठाएको मुल्य अनुसार निगमले स्थानीय बजारमा मुल्य सामायोजन गर्ने गर्छ । निगमले आर्थिक वर्ष २०७४/७५मा  २९ करोड रहेको चुक्ता पुँजीलाई १० अर्ब पुँजी बृद्धि गरेर ११ अर्ब पु¥याएको थियो । आर्थिक वर्ष ०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अर्थन्त्रालय, उद्योग बाणिज्य आपुर्त मन्त्रालय, बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय विमा कम्पनी, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकको शेयर रहेको छ । निगमका सरकारको ९९ प्रतिशत सरकारको शेयर रहेको छ । गत वर्ष निगमले इन्धनको कारोबार गरेर सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजस्व बझुाएको छ । गत वर्ष निगमले दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो । 

विश्वभर फैलिएको कारोना भाइरस(कोभिड१९)को प्रभावका कारण इन्धनको आयातमा समेत कमी अएको निगमले जनाएको छ । सरकारलाई सवै भन्दा धेरै राजस्व बुझाउनेमा निगम अग्रस्थानमा रहेको छ । निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा उठाउदै आएको मध्ये सडकमर्मत शुल्कबाट पाँच वर्षको अवधिमा ४ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । यस्तै प्रदुषण करबाट २ अर्ब ९४ करोड, पुर्वाधार विकासकरबाट १३ अर्ब ९८ करोड रुपैयाँ जम्मा भएको छ । 

निगमले अन्तराष्ट्रिय मुल्य अनुसार मुल्य सामायोजन गर्दै आए पनि सीमानाका भन्दा नेपालमा इन्धनको मुल्य सस्तो रहेको छ ।  सीमा नाका भन्दा नेपालमा पेट्रोल ३१ रुपैयाँ ८४ पैसा र डिजेल ३७ रुपैयाँ २६ पैसा नाफा रहेको छ । हाल पेट्रोल प्रतिलिटर एक सय ६ र डिजेल ८९ रुपैयाँ मुल्य रहेको छ । 

(यो समाचार   कर्पोरेट नेपाल  १२ पुष २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links