कर व्यवस्थापन सहजीकरणका लागि समिति गठन


तनहुँको व्यास नगरपालिकाले व्यवसायको कर व्यवस्थापनका लागि समिति गठन गरेको छ । आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगर क्षेत्रभित्र व्यवसायको कर व्यवस्थापन सहजीकरणका लागि व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।    
 
नगरपालिकाको गत चैत ३० गते आयोजना गर्न लागिएको स्थापना दिवसको सन्दर्भमा आमन्त्रण, प्रकाशनको र व्यवस्थापन तयारीमा भएको प्रगतिबारे समीक्षा गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । बैठकले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीको संकलित तथ्यांक फारम नगरपालिकामा जम्मा गरी आयोगमा प्रविष्ट गराउने निर्णय गरेको छ । यसैगरी स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको अधिकारभित्र रही व्यास नगरपालिकामा सञ्चालित घरेलु इँटा उद्योग सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ पारित भएको नगरपालिकाले बताएको छ । 

(यो समाचार  आर्थिक अभियान २४ चैत २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links