११ गुणा बढी राजस्व संकलन


पोखरा-जिल्ला प्रशासन कार्यालय कास्कीले गत आर्थिक वर्ष ०७४-७५ मा राजस्व संकलनमा भारी वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७३-७४ को तुलनामा गत वर्ष करिब ११ गुणा बढी राजस्व संकलन गर्न कार्यालय सफल भएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पोखरामा आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष ०७४-७५ को वार्षिक प्रगती विवरण पेस गर्दै गत वर्ष राजस्वमा ११ गुणाले वृद्धि भएको बताए । अघिल्लो वर्षभन्दा गतवर्ष १ करोड २७ लाख १० हजार २ सय ९५ रुपैयाँ बढी राजस्व संकलन भएको हो ।
गत आर्थिक वर्ष २०७४-७५ मा जिल्ला प्रशासन कार्यालय कास्कीले न्यायिकदण्ड जरिवानाबाट १ करोड ३८ लाख ४८ हजार २ सय ४५ रुपैया राजश्व संकलन गरेको प्रमुख जिल्ला अधिकारीले पेस गरेको प्रगति विवरणमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष ०७३-७४ मा न्यायिकदण्ड जरिवानाबाट ११ लाख ३७ हजार ९ सय ५० रुपैयाँ राजस्व संकलन भएको थियो । यसरी हेर्दा करिव ११ सय प्रतिशत अर्थात ११ गुणाले राजश्वमा गत आर्थिक वर्षमा भारी वृद्धि भएको देखिन्छ ।
धरौटीबाट गत आर्थिक वर्ष ०७४-७५ मा १ करोड १८ लाख ५१ हजार ९ सय १० रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड ५१ लाख २९ हजार ६ सय ७६ रुपैयाँ संकलन भएको थियो । १ हजार ४ सय ९५ वटा विभिन्न किसिमका मुद्धामध्ये १ हजार ९८ वटा मुद्दाको फैसला भएको छ भने ३ सय ६६ वटा मुद्दा फौसला हुन बाँकी छ । अघिल्लो वर्षमा ४ सय ४६ वटा मुद्दा फैसला हुन बाँकी थियो ।
जिल्ला प्रशासन कार्यालयमा पासपोर्ड, विवाह दर्ता, संघ–संस्था दर्ता तथा नवीकरणबाट निश्चित शुल्कः तिर्नु पर्छ । त्यसैगरी हातहतियार मुद्धामा दण्ड सजायसहित करिब १ लाख २० हजार, सार्वजनिक मुद्दामा ३४ हजार, कालोबजारीमा २ लाखसम्म राजश्व तिर्नुपर्ने प्रावधान रहेको जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत लालप्रसाद लामिछानेले बताए ।
गत वर्ष साउनमा ५९ वटा सार्वजनिक अपराधका मुद्दा दर्ता भएका थिए भने गत बर्ष वैशाखमा सबैभन्दा बढी १ सय १० वटा सार्वजनिक अपराधका मुद्दा दर्ता भएको प्रजिअ अधिकारीले पेस गरेको प्रगति विवरणमा उल्लेख छ । कास्कीमा अघिल्लो आर्थिक वर्षमा १ सय ६५ वटा संस्था दर्ता भए भने गत वर्ष २ सय ४३ वटा दर्ता भएका छन् । अघिल्लो वर्षमा ६ हजार ७ सय ७६ जनाले राहदानी बनाए भने गत वर्षमा ८ हजार ७ सय ७० जनाले राहदानी बनाएका छन् ।
कास्कीमा गत वर्ष ३२ जनाले नागरिकता परित्याग गरे भने अघिल्लो वर्ष २ सय ५३ जनाले गरेका थिए । गत वर्षमा वंशजका आधारमा १२ हजार ७ सय ५६ जनाले नागरिकता लिए भने अघिल्लो वर्षमा ९ हजार ३ सय ६७ जनाले नयाँ नागरिकता लिएका थिए । कास्कीमा अघिल्लो आर्थिक वर्षमा १० वटा डिस्को, डान्स, दोहोरी दर्ता भएकोमा गत वर्ष भने ३ वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ ।

यो समाचार कारोबार दैनिक  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links